१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँको फेसबुक अरुले त चलाईरहेको छैन ? यसरी थाहा पाउनुहोस्

२२ फाल्गुन २०७४, मंगलवार ०३:३१

फागुन २२, काठमाडौँ | नेपालमा ख्यातिप्राप्त सामाजिक संजालहरुमध्ये फेसबुक सबैभन्दा महत्वपूर्ण अकाउन्टको रुपमा रहेको छ ।

फेसबुकमा गरिने कुराकानी तथा शेयर गरिने जानकारीहरुको दृष्टिले गर्दा फेसबुकमा हरेक प्रयोगकर्ताका लागि आफ्नो गोपनियता निकै महत्वपूर्ण रहेको हुन्छ ।

फेसबुक आफैले प्रयोगकर्ताको अकाउन्टको सुरक्षाका लागि विभिन्न टुल्सहरु उपलब्ध गराएको हुन्छ ।

आफ्नो फेसबुक अकाउन्टमा कुनै शंकास्पद गतिविधि देखिएमा वा ह्याकिंगको आशंका भएमा पहिचान गर्नका लागि विभिन्न तरिकाहरु उपलब्ध रहेका छन् । यसका लागि तपसिलको विधि अबलम्बन गर्नुपर्दछः

१. फेसबुक लगइन गर्नुहोस् र दायाँतर्फ माथिल्लो भागमा रहेको एरो आइकनमा क्लिक गर्नुहोस् ।

२. सेटिंग्स अप्सनमा क्लिक गर्नुहोस्

३. त्यहाँ रहेको सेक्योरिटी अप्सनमा क्लिक गरी General अप्सनभन्दा तल रहेको लगइन अप्सनमा क्लिक गर्नुहोस्

४. त्यहाँ तपाइँले आफ्नो फेसबुक कुन कुन ग्याजेटमा कुन समयमा लगइन भएको छ भन्ने पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको पूर्ण सूचिको जानकारी त्यहाँ हुन्छ, तपाइँले फेसबुक अकाउन्ट खोलेको दिनदेखिकै ।

५. यदि तपाइँले नचिनेको वा आफूले कहिल्यैपनि लगइन नगरेको डिभाइस पनि अकाउन्ट लगइन भएको डिभाइसको सूचिमा देखियो भने जान्नुहोस् कि तपाइँको फेसबुक अकाउन्ट अरु कसैले खोलेको छ । यसमा तपाइँको अकाउन्ट ह्याक भएको हुनसक्छ । त्यस्तो शंकास्पद डिभाइसको नामको छेउँमा रहेको तीनवटा थोप्लोवाला आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको Not you नामक अप्सन

छान्नुहोस् ।

६. त्यसपछि फेसबुकले तपाइँको अकाउन्ट सुरक्षित बनाउन अनुरोध गर्नेछ । र, आफ्नो अकाउन्टलाई सुरक्षित तथा बलियो कसरी बनाउने भन्ने बारेमा पूर्ण जानकारी प्रदान गर्नेछ । तपाइँले आफ्ना फेसबुक लगइन भएका डिभाइसहरुको नामको छेउँमा लगआउन अप्सन पनि देख्न सक्नुहुन्छ । साथै सूचिको अन्तिममा सबै डिभाइसबाट एकसाथ लगआउट गने अप्सन पनि हुन्छ ।

आफ्नो अकान्टलाई थप सुरक्षित बनाउन तपाइँ दुई तहको प्रमाणीकरण अर्थात् टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल