२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा जिप दुर्घटनामा, ५०० मिटर तल चमेलिया नदीमा खस्यो

२२ फाल्गुन २०७४, मंगलवार ०४:४३

फागुन २२, बैतडी (रासस) | गोकुलेश्वर–गन्ना सडकखण्डअन्तर्गत बैतडीको डिलाशैनीमा सोमबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा दार्चुला मार्मा–३ का ३६ वर्षीय कृष्णसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । 

गम्भीर घाइते एकजनाको परिचय खुल्न सकेको छैन । अन्य घाइते हुनेमा दार्चुला मार्मा–६ का अकवर महरा, गोमती महरा, गिता महरा, भारतीय नागरिक मेरमान सिंह र सुर्वण सिंह रहेका छन् । 

घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । दार्चुलाको लटिनाथबाट गोकुलेश्वरका लागि छुटेको म १ ज २३३ नम्बर जिप बैतडीको डिलासैनी गाउँपालिका–३ झर्नामा सोमबार बेलुका ५ः३० बजे दुर्घटनामा परेको हो । 

जिप दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । चालक दीपक विष्ट फरार रहेका छन् । जिप सडकबाट ५०० मिटर तल चमेलिया नदीमा खसेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै