2026-10-31 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग

2026-10-31

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथिको धरपकड र सञ्चारगृहमा प्रहरी प्रवेशको विषयमा छानिबन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकपछि सो पार्टीका सभापति रवि लामिछानेले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जो भए पनि कारबाहीको दायरामा आउने बताए । “संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठूलो कोही छैन,” उनले भने, “यो कुरामा रवि लामिछाने पनि स्पष्ट छ । आँच आउने कृयाकलाप जसले गरेको छ त्यो सजायको भागिदार हुनुपर्छ । संविधानलाई नै बेवास्ता गर्ने किसिमले जो भए पनि म होस् अर्को होस् कारबाहीको भागिदार हुनुपर्छ ।”

सचिवालय बैठकपछि सो पार्टीका प्रवक्ता जगदिश खरेलले पनि प्रेस स्वतन्त्रतामाथि रास्वपाले हस्तक्षेप नगर्ने बताउँदै भने, “पत्रकार तथा संचारकर्मीको सम्बन्धमा जेजस्तो काम भयो, पक्राउ गर्ने काम भयो । यो किन भयो ? कसरी भयो ? कसले गर्‍यो ? छानबिन गर्ने र पत्ता लगाउन सरकारलाई स्पष्ट निर्देशन दिएको छ । कारबाही गर्ने सन्दर्भमा परिणाम देखाउन पनि सरकारलाई निर्देशन दिएको छ ।”

उनले कोही पनि पत्रकार रास्वपाको र सरकारको नभएको बताउँदै देशकै चौथो अंगमाथिको धरपकड रास्वपालाई मान्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय