
काठमाडौं | नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।