२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिकट बस्तीमा नारी दिवसको संदेश कसले पुर्याउला र खै ?

२४ फाल्गुन २०७४, बिहीबार ०७:३४

सरस्वती अधिकारी/फागुन २४,काठमाडौं। एक्काइसौं शताब्दीमा फड्को मारिरहदा पनि अझै दुख लाग्छ, मन झसंग हुन्छ, पिरै पिरले मनमा आगोको ज्वाला दन्किन्छ, आफुले आफैलाई अनेकौ प्रश्न गर्न थाल्छन् छोरी भएर किन जन्मिए ?


छोरी भएर जन्मनु पाप त होइन ? तर पनि ठुलो पाप हो जस्तो लाग्छ | झस्किन्छ मन, हर पाइलामा अतालिन्छ, प्रश्नचिन्ह खडा भएर अगाडी उभिदिन्छ: कतै म पनि जिउदै आगोमा होमिनु त पर्दैन ? इज्जत लुटिएर बर्बाद पो हुन्छु की  ? हो यस्ता यस्तै अनेकौ त्रास बोकेर हिडेकी हुन्छे छोरी (नारी), र पनि यी प्रश्नहरुलाई आफ्नै मनभित्र गुम्साएर राख्न बाध्य छिन् नारी |

एक्काइसौं शताब्दीको बाटोहरुमा पनि हेपिएकी छे नारी, बेचिएकी छे नारी, पिछाडिएकी छे नारी, चाहे बालबिबाह होस् या बहुबिबाह, चाहे अनमेल बिबाह या दाइजो प्रथा नै किन नहोस आफ्नो हर इच्छा मनभित्र दबाएर, आशु पिउंदै बाचेकी हुन्छे |

पढ्ने, हास्ने, खेल्ने र रमाउने उमेरमै विबाह बन्धनमा बाधिनु पीडा त कति हो कत्ति, त्यसैमा पनि अनमेल बिबाह, अनि जवानीमै सिउँदो  खोसिनुको पीडा  सम्झदा पनि कहाली लागेर आउछ | जो सँग सँगै मर्ने सँगै बाच्ने कसम खाएको छ उसैले अर्को बिबाह गर्दाको पीडा त छदै छ | माइतीले  दाइजो नदिएको भन्दै जिउदै जल्नु कति असहज हुदो हो, मुटु झस्किन्छ, खलखली पसिना छुट्छ | 

बोक्सीको आरोप  पनि त्यहि नारी, अलच्छिनाको दोष पनि  त्यहि नारीलाई,  आरोप पनि कत्ति हो कति | बोले बाठी भै रे नबोले लाटी भई ,थोरै बोले ठुस्किई रे जे गरेपनि सुख छैन | विभेदको नि  हद हुन्छ नि | पुरुषले मात्र होइन नारीले नारीलाई गर्ने विभेद झनै बिकराल बन्दै गैरहेको | सासुले बुहारीलाई गर्ने विभेद होस या बुहारीले सासूलाई गर्ने विभेद नै किन नहोस नारी नारीबाट नै हेपिएकी छे आज |

३६४ दिन नारीलाई दबाउनेहरु १ दिन मात्र एकदिन नारी दिवस मनाउछन् | नारी स्वतन्त्रताको कुरा गर्छन नारी शसक्तिकरणको भाषण गर्छन् केहि पहुँचवालाहरुको सहभागितामा त्यहि पनि ५ तारे होटलमा | त्यहाँ हेपिएका,दबाइएका नारीहरुको सहभागिता होस् नि कसरी | केहि पहुँचवालाहरु हातमा मात्र छ नारी दिवस, डलरमा बिकेको छ नारी दिवस |

नारी शसक्तिकरणकै लागि भनेर लाखौ बजेट छुट्याइन्छ तर त्यो बजेट ५ तारे होटलमा नै सकिन्छ | गाउँका दुर दराजमा बस्ने ति आमाहरुको बेदना सुनिदिने खोई कसले हो ?  बिकट बस्तीमा नारी दिवसको संदेश कसले पुर्याउछ र खै ? त्यो पीडितको घाउमा कसले मलम लगाउछ र ? तैपनि आशाका  दियोहरु  निभेका छैनन्, बाटो हेरिरहेका छन् नारी दिवसको संदेश आफनै विकट बस्ति सम्म पनि आइपुग्छ कि भनेर | 

ती आशाका दियोहरु निभेर नजाओस, ती आखाहरू थकाईले ननिदाउँन वास्तविक पीडितसम्म पुगोस | नारी दिवस र नारी शसक्तिकरणका नाराहरु भोलिको दिनमा नारीहरु जिउदै जलेको सुन्न नपरोस,लैगिक विभेद भन्ने शब्द खतम होस्, नारी दिवस डलरमा बिक्ने खालको नहोस र नारामा सिमित नबनोस नारी हिंसाबिरुद्दको आवाज बुलन्द होस्, नारी दिवशको शुभकामना | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु