2026-09-18 11:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

लिखु-४ जलविद्युतको ठेक्‍का रद्ध, सम्झौता अनुसार काम नगरेको आरोप

फाल्गुण २५, काठमाडौं।  रामेछापमा निर्माण हुन लागेको ५२.४ मेगावाटको लिखु-४ जलविद्युत आयोजनाले इटालियन कम्पनी सिएमसीलाई बर्खास्त गरेको छ । सिएमसी निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी हो। सम्झौता अनुसार काम नगरेको भन्दै आयोजनाले सम्झौता गरेको तीन महिनामै सिएमसीलाई बर्खास्त गरेको हो।सिएमसीले मेलम्चीमा पनि कामदारलाई तीन महिनादेखि तलब नदिएको भन्दै पाँच दिनदेखि काम ठप्प पारेका छन्।रामेछाप र ओखलढुङ्गामा  निर्माण हुन लागेको यो आयोजनाले सिएमसीसँग सिभिल तथा हाइड्रो मेकानिकल कामको लागि गत मंसिर ८ गते मात्रै ठेक्का सम्झौता गरेको थियो।

कम्पनीले सम्झौता अनुसार काम नगरेको भन्दै सम्झौता गरेको तीन महिनामै लिखु-४ को प्रवर्द्धक ग्रीन भेन्चर्स प्रालीले सिएमसीलाई बर्खास्त गरि आयोजना आफ्नो नियन्त्रणमा लिएको छ। यो मितिसम्म सिएमसीले आयोजनाको काममा लगाएका कर्मचारी, प्राविधिक तथा कामदारहरु, उक्त कम्पनीलाई जुनसुकै प्रकारका निर्माण सामाग्री ढुवानी गर्ने आपूर्तिकर्ताहरु, निर्माण इक्विपमेन्टहरु, भवन तथा जग्गा भाडामा दिने वा अन्य कुनै किसिमका सम्झौता गरिएको भए सम्झौता अनुसार भुक्तानी लिन बाँकी भएमा उक्त रकम सिएमसीसँगै दावी गर्न आयोजनाले भनेको छ।

कार्यतालिका अनुसार काम नगरेपछि आयोजनाले इटाली कम्पनीसँगको सम्झौता रद्ध गरेको परियोजना विकास प्रबन्धक बद्री रिजालले जानकारी दिए । “कार्यतालिका अनुसार समयभित्र काम नगरेपछि ३० महिनाका लागि गरिएको सम्झौता रद्ध गरिएको हो, अब नयाँ प्रक्रियाअनुसार ठेकेदार चयन हुन्छ,” उनले भने ।

ग्रीन भेन्चर्सले सूचना जारी गर्दै फागुन २१ गतेदेखिनै सिएमसीलाई बर्खास्त गरिएको हुँदा सिएमसीसँग सम्झौता गरि रकम भूक्तानी नपाएमा आयोजना जवाफदेही नहुने प्रष्ट पारेको छ। १० अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको वित्तीय व्यवस्थापन गत मंसिर २९ गते भएको थियो। आयोजनामा लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक लगायत सात वटा बैंकले कुल लागतको ७५ प्रतिशत हुन आउने सात अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन्। २५ प्रतिशत रकम भने विशाल ग्रुप र त्रिवेणी ग्रुपले लगानी गर्नेछन्।

२०७३ असार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको आयोजनाले २०७७ असोज भित्र विद्युत उत्पादन गरिसक्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई