२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

लिखु-४ जलविद्युतको ठेक्‍का रद्ध, सम्झौता अनुसार काम नगरेको आरोप

२५ फाल्गुन २०७४, शुक्रबार ०५:३५

फाल्गुण २५, काठमाडौं।  रामेछापमा निर्माण हुन लागेको ५२.४ मेगावाटको लिखु-४ जलविद्युत आयोजनाले इटालियन कम्पनी सिएमसीलाई बर्खास्त गरेको छ । सिएमसी निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी हो। सम्झौता अनुसार काम नगरेको भन्दै आयोजनाले सम्झौता गरेको तीन महिनामै सिएमसीलाई बर्खास्त गरेको हो।सिएमसीले मेलम्चीमा पनि कामदारलाई तीन महिनादेखि तलब नदिएको भन्दै पाँच दिनदेखि काम ठप्प पारेका छन्।रामेछाप र ओखलढुङ्गामा  निर्माण हुन लागेको यो आयोजनाले सिएमसीसँग सिभिल तथा हाइड्रो मेकानिकल कामको लागि गत मंसिर ८ गते मात्रै ठेक्का सम्झौता गरेको थियो।


कम्पनीले सम्झौता अनुसार काम नगरेको भन्दै सम्झौता गरेको तीन महिनामै लिखु-४ को प्रवर्द्धक ग्रीन भेन्चर्स प्रालीले सिएमसीलाई बर्खास्त गरि आयोजना आफ्नो नियन्त्रणमा लिएको छ। यो मितिसम्म सिएमसीले आयोजनाको काममा लगाएका कर्मचारी, प्राविधिक तथा कामदारहरु, उक्त कम्पनीलाई जुनसुकै प्रकारका निर्माण सामाग्री ढुवानी गर्ने आपूर्तिकर्ताहरु, निर्माण इक्विपमेन्टहरु, भवन तथा जग्गा भाडामा दिने वा अन्य कुनै किसिमका सम्झौता गरिएको भए सम्झौता अनुसार भुक्तानी लिन बाँकी भएमा उक्त रकम सिएमसीसँगै दावी गर्न आयोजनाले भनेको छ।

कार्यतालिका अनुसार काम नगरेपछि आयोजनाले इटाली कम्पनीसँगको सम्झौता रद्ध गरेको परियोजना विकास प्रबन्धक बद्री रिजालले जानकारी दिए । “कार्यतालिका अनुसार समयभित्र काम नगरेपछि ३० महिनाका लागि गरिएको सम्झौता रद्ध गरिएको हो, अब नयाँ प्रक्रियाअनुसार ठेकेदार चयन हुन्छ,” उनले भने ।

ग्रीन भेन्चर्सले सूचना जारी गर्दै फागुन २१ गतेदेखिनै सिएमसीलाई बर्खास्त गरिएको हुँदा सिएमसीसँग सम्झौता गरि रकम भूक्तानी नपाएमा आयोजना जवाफदेही नहुने प्रष्ट पारेको छ। १० अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको वित्तीय व्यवस्थापन गत मंसिर २९ गते भएको थियो। आयोजनामा लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक लगायत सात वटा बैंकले कुल लागतको ७५ प्रतिशत हुन आउने सात अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन्। २५ प्रतिशत रकम भने विशाल ग्रुप र त्रिवेणी ग्रुपले लगानी गर्नेछन्।

२०७३ असार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको आयोजनाले २०७७ असोज भित्र विद्युत उत्पादन गरिसक्नु पर्नेछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान