ताराबहादुर महत । फागुन २५, दोलखा । ग्रामिण क्षेत्रको विकासका लागि स्पष्ट योजनाको अभाव रहेको प्रदेश तिनका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री केशव स्थापितले बताउनुभएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन २५, दोलखा । ग्रामिण क्षेत्रको विकासका लागि स्पष्ट योजनाको अभाव रहेको प्रदेश तिनका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री केशव स्थापितले बताउनुभएको छ ।

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

विकासका लागि ‘पुँजी अभाव’ बाहना मात्र हो ः मन्त्री स्थापित

२५ फाल्गुन २०७४, शुक्रबार १४:४०

ताराबहादुर महत । फागुन २५, दोलखा । ग्रामिण क्षेत्रको विकासका लागि स्पष्ट योजनाको अभाव रहेको प्रदेश तिनका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री केशव स्थापितले बताउनुभएको छ ।


चरिकोटस्थित गौरीशंकर क्याम्पसमा पाहुना प्राध्यापकको रुपमा ग्रामिण विकास र रणनितिक योजना विषयमा कक्षा लिनुहुँदै मन्त्री स्थापितले विकासका लागि स्पष्ट योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश विकासका लागि पैसाको अभाव छ भन्नु त काम गर्न नसक्नेहरुको बाहाना मात्र हो, स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न सके आर्थिक श्रोत सहजै जुटाउन सकिन्छ ।’

मन्त्री स्थापितले दोलखाको विकासका लागि केन्द्रिय सरकारको मात्र भर नपरी स्थानिय श्रोत साधनको रचनात्मक प्रयोगमा जोडदिन जनप्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभयो । दोलखामा विकासको सम्भाव्यता बारे अध्ययन भ्रमण गर्न मन्त्री स्थापित बुधबार दोलखा आईपुग्नु भएको हो । दोलखा भ्रमणको क्रममा उहाँले जिल्लामा पुननिमार्णको अवस्था, जिरी, कालिञ्चोक र शैलुङ्ग क्षेत्रमा पर्यटकिय विकासको सम्भावना बारे अध्ययन भ्रमण गर्नुभएको छ ।

गौरीशंकर क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको अन्र्तक्रियात्मक कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष तथा एमाले नेता बसन्तराज कार्की, क्याम्पस प्रमुख शान्त केसी, क्याम्पसमा अध्यापनरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह