2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मस्थली कविता कृति लोकार्पण

फागुन २७, बर्दिया | धर्मानन्द भट्टद्वारा रचना गरिएको “जन्मस्थली” छन्द कवितासङ्ग्रह वि.सं. २०७४ फाल्गुण १९ गते लोकार्पण भएको छ । भ्याली पब्लिक माद्यमिक विद्यालय भङ्गाल,सुन्दरबस्ती,काठमाडौंका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले प्रकाशन गर्नुभएको उक्त कृति भ्याली पब्लिकको रजत जयन्ती अवसरमा लोकार्पण भएको हो । 

विद्यालयका सहायक प्रधानाध्यापक केशवराज अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर गुरुङ सभापति रहनुका साथै प्रमुख अतिथि माननीय थममाया थापा,अतिथि सांसद् दीपक निरौला तथा विभिन्न विदेशी पाहुनागणको उपस्थिति रहेको थियो । पानसमा वत्ती बाल्नुका साथै राष्ट्रिय गान बजाएर प्रारम्भ गरिएको यस कार्यक्रममा सविना सुवेदी र मनोज ढकालको स्वागत मन्तव्य रहेको थियो । विद्यार्थी,अभिभावक तथा अन्य थुप्रै व्यक्तित्वको उपस्थिति रहेको रजत जयन्ती कार्यक्रमका अतिथि दीपक निरौला,कवि डा.लेखप्रसाद निरौला,लीलबहादुर गुरुङ,कृष्णप्रसाद अधिकारी,सुनिता अधिकारी,भुपेन्द्र निराजन खनियाँ,महेश अधिकारी,केशव अधिकारीलगायत विदेशी पाहुनाहरूको बाहुलीबाट “जन्मस्थली” छन्द कविता कृतिको लोकार्पण भएको थियो । 

लोकार्पणकै अवसरमा कवि डा.लेखप्रसाद निरौलाज्यूले कविता कृतिमाथि छोटोमीठो,सारगर्भित टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई