२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्वालामुखी गाउँपालिकाका ४ सडकहरु १५ मिटर अनिवार्य, घर बनाउँदा नक्सा पास गर्नुपर्ने

२०७४, २८ फाल्गुन सोमबार ०५:५७

अनिल अधिकारी | फागुन २८, खरी | प्रदेश नम्बर ३ अन्तर्गत धादिङको ज्वालामुखी गाउँपालिकाका सडकहरु कम्तिमा १५ मिटर चौडामा हुनुपर्ने भएको छ | 

पालिकाले जारी गरेको सूचना अनुसार सडकको दायाँ/बाँया सडकको दुरी १०/१० वा ७.५/७.५ चौडाई अनिवार्य हुनुपर्ने उल्लेख छ | पालिकाले नयाँ भौतिक संरचना निर्माण गर्दा तोकिएको चौडाईलाई ख्याल नगरेको खण्डमा गाउँपालिका जवाफदेही नहुने समेत सूचनामा उल्लेख छ | 


पालिकाको सूचना अनुसार छिमेकि जिल्ला जोडिने सडकको चौडाई दायाँ १०, बायाँ १० मिटरको हुनुपर्ने र शाखा सडकको चौडाई ७.५ दायाँ, ७.५ बायाँ हुनुपर्नेछ | सूचनामा उल्लेख छ- 'सूचनाको बर्खिलाप गरी निर्माण गरिएको संरचनाको सन्दर्भमा गाउँपालिका जिम्मेवार नभई निर्माणकर्ता स्वयम् जिम्मेवार हुनुपर्नेछ | त्यस्तै सडकको छेउमा भीर पहाड तथा ठूलो खोला भई संरचना निर्माण गर्न असम्भव हुने देखिएमा सडकको माथिल्लोभागपट्टिको भागमा सडक विस्तार हुनेछ | 


यस बिषयमा गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले साझा सबाल अनलाइनलाई दिएको जानकारी अनुसार ज्वालामुखी गाउँपालिकाका मुख्य ४ सडकहरुले अनिवार्य १५ मिटर (सडक केन्द्रबाट ७.५/७.५ मिटर दायाँबायाँ) छाडेर मात्र संरचना बनाउनुपर्ने छ | यस अन्तर्गत ससाह-अमराई-रातमाटा सडक १५ मिटरको चौडा अनिवार्य हुनुपर्ने छ | त्यस्तै पाल्पा-ढोला-मैदी-पिपलटार सडक पनि १५ मिटर चौडा अनिवार्य गरिएको छ | चैनपुर अन्तर्गत हुलाकभन्ज्याङ-चैनपुर-बांगेरह (चैनपुरको बेसीसम्म) पनि अनिवार्य १५ मिटरको चौडा सडक हुनेछ भने खरीतर्फ सातभन्ज्याङ-खरी मैदान-धुसेनी हुँदै बुंकोटसम्मको सडक पनि १५ मिटरकै मापदण्डमा हुनुपर्नेछ | पालिकाले तोकिएको सडकहरुमा केन्द्रबाट ७.५/७.५ मिटर छाडेर मात्र घर बनाउन भन्दै बिभिन्न स्थानमा बोर्डनै टास्ने तयारी गरेको छ | 


गाउँपालिका अध्यक्ष तिमल्सिनाका अनुसार सडक किनारामा मापदण्ड मिचिएका  पुराना संरचनाको नियमन गर्ने र नयाँ आरसिसि घर बनाउनेहरुले नक्सा पास गर्नुपर्ने कार्यको थालनी समेत गरिएको छ | साथै नयाँ बन्ने घरहरु सडकको मापदण्ड बिपरित पास नगर्ने तिमल्सिनाले बताएका छन् | 

सूचना हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी