२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलको धावनमार्ग चर्किएर धुजाधुजा, कसैलाई चासो छैन

२८ फाल्गुन २०७४, सोमबार १५:३२

चिसाङ शेर्पा | फागुन २८, खोटाङ | मनमाया राई खानीडाडाँ विमानस्थलको धावनमार्ग चर्किएर धुजाधुजा हुंदा समेत बनाउने तरखर देखिएको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा पर्ने विमानस्थ गत असारमा पहिरोले तानेर चिराचिरा पारेको दश महिना पुग्दासमेत कुनै निकाय अघि बढेको देखिन्न ।

दिक्तेलबासी स्थानियको १५ करोडबढी श्रमदान तथा नेपाल नागरिक उड्यान प्राधिकरणको ७ करोड २४ हजार लागतमा निर्माण सम्पन्न ५ सय ९० मिटर लम्बाई र २० मिटर चौडाई धावनमार्गको बिच अन्डरग्राउण्डबाट बग्ने खोलाको कल्भटले धावनमार्गको लोड नथेक्दा थिचिएर कल्भटको पानी थुनिएपछी धावनमार्गको तल्लो साईडको टेवा पर्खाल पहिरो गएपछी धावनमार्गको बिचभाग करीब सय मिटर फुटेर खतरा छ ।

स्थानियले ठूलो आशा र भरोशामा निशुल्क उपलब्ध गराएको २ सय साँढे ६ रोपनी जग्गामा २०६० बैशाख २० गतेबाट निर्माण शुरु भई २०६५ सालदेखी दिक्तेल–काठमाण्डौ, दिक्तेल–बिराटनगर उडान भर्दै आएको विमानस्थलको बिचभागको धावनमार्ग धुजाधुजा पर्दा नेपाल नागरिक उड्यन प्राधिकरण, मनमाया राई खानीडाडाँ विमानस्थल निर्माण उपभोक्ता समिति निरीह देखिएको हो ।  


धावनमार्ग पुनः निर्माणका लागि चिठी, स्टीमेट हाकिमलाई दिई सकेको र आफुलाई केही थाहा नहुने भन्दै मनमाया राई खानीडाडाँ विमानस्थलका आयोजना प्रमुख तथा साईड ईन्चार्ज रत्न श्रेष्ठ गैर जिम्मेवारी कुरा गर्छन् । “मैले गर्ने काम सबै गरेको छु ।” उहाँले भन्नुभयो, निर्माण उपभोक्ता समितिसँग राम्रो सहकार्य छैन । साईड ईन्चार्ज श्रेष्ठले भने “बलियो हुने भएकाले स्टीमेटमा आरसिसि रिटेनिङ वालको प्रस्ताब गरेको छु । के हुन्छ थाहा छैन ।” 

मनमाया राई खानीडाडाँ विमानस्थल निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा घिमिरे विमानस्थल निर्माणका लागि प्रशस्त जग्गा हुंदाहुंदै ईन्जिनियरको गलत स्टीमेट र प्राविधिक त्रृटिका कारण उच्च हाईटमा विमानस्थल बनाईदा बारम्बार पहिरोले तान्दा बर्षेनी लाखौ खर्च हुने भन्दै ढुक्क बसेका छन् । साईड ईन्चार्ज रत्न बनाउँन पहल हुंदैछ भनेर झारो टार्छन् । उनि भन्छन् “बिमानस्थल बग्दैन ।” यता विमानस्थलको धावनमार्ग हिउँदमा नै ढुंगा माटो झरेर जिर्ण बन्दै गईरहेको छ । बर्षातमा के हाल होला ? बर्षात सिजन शुरु हुन करीब तीन महिना बाँकी छ ।    

खोटाङका प्रमुख जिल्ला अधिकारी तथा मनमाया राई खानीडाडाँ विमानस्थ अनुगमन समिति संयोजक एकदेव अधिकारी धावनमार्ग पुनः निर्माणमा आफू जोडदार लागि परिरहेको तर, सुनुवाई नभएको सुनाउँछन् । नागरिक उड्यण प्राधिकरण अन्तरगतको सम्पत्ती भएकाले अन्य÷अन्य विमानस्थलको कामको कारणले यस विमानस्थललाई प्राथमिकतामा नराखेको बताए ।

नेपाल नागरिक उड्यान प्राधिकरणका उप महानिर्देशक बिरेन्द्र श्रेष्ठका अनुसार भ्याट बाहेक टेवापर्खाल, तारजाली निर्माणलाई ७० लाख, खानेपानीलाई २४ लाख बजेट बिनियोजित भएको बताउनुभयो । “मर्मतका लागि केही बजेट बिनियोजित भईसकेको छ ।” उहाँले भन्नुभयो, ईन्जिनियरबाट कामको रिपोर्ट लिन बाँकी छ । 

‘धावनमार्गको बिज्ञहरुबाट अध्ययन डिजाईन भईरहेको छ । बिज्ञ र कन्सलटेण्टलाई खटाएका छौ उहाँहरुले रिपोर्ट बुझाएपछि हामी अगाडी बढ्ने छौ’ नागरिक उड्यण प्राधिकरणका निर्देशक ध्रुब भोजुभयाले भने, “उनीहरुले रिपोर्ट बुझाएपछि कसरी अगाडी भन्नेमा सोचमा छौ । यक्किन रिपोर्ट आएपछि कामको प्रक्रियामा लाग्नेछौ ।” प्राधिकरण निर्देशक स्वंयम धावनमार्गको मर्मत कहिले हुन्छ भन्नेमा प्रष्ट छैनन् । 

मुलुक संघिय संरचनामा गईसक्दा समेत सदरमुकाम नजिक रहेको विमानस्थल प्रभावकारी र सुविधायुक्त नभएको सेवाग्राहीहरुको ब्यापक गुनासो छ । पश्चिमबाट मात्रै एकतर्फी ल्याण्डीङ हुने विमानस्थलमा हप्ताको सोमबार, बुधबार र शनिबार दिक्तेल–काठमाण्डौ, दिक्तेल–बिराटनगर फ्लाईट सेड्युल भए पनि तीन हप्तामा एकपटक फ्लाईट हुने स्थानिय सविना घिमिरेले बताउनुभयो । पटक–पटकको फ्लाईट क्यान्सिलले यात्रुले हैरानी तथा विमानस्थल परिसरमै ज्यान गुमाउनु परेको  छ । उहाँले भन्नुभयो । 

डोको नाम्लो, कुटो, कोदालो प्रयोग गरेर स्थानियले हर्षोल्लासका साथ निर्माण गरेको विमानस्थल प्राधिकरणको एकलौटी भएको लामो समय हुंदासमेत पानी, शौचालय, टेलीफोन, ईन्टरनेट, यात्रु प्रतिक्षालय छैन । 

फोटो ः फुटेको धावनमार्ग तस्बिर, चिसाङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै