२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटनाग्रस्त विमानका चालकले काठमाडौं उड्नुअघिनै राजीनामा दिएको खुलाशा

३० फाल्गुन २०७४, बुधबार ०९:२९

फागुन ३०, काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नु अघिनै राजिनामा बुझाएको खुलाशा भएको छ ।

उनका साथीहरुलाई उदृत गर्दै बंगलादेशी सञ्चारमाध्यमले लेखेको छ – ‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथीले प्रथम आलो पत्रिकासँग भनेका छन्, ‘यद्यपि, त्यसलाई अधिकारीहरुले स्वीकार गरेनन् ।’

अविड र सह-पाइलट प्रिथुला रसिदसहित ४९ जनाले दुर्घटनाबाट ज्यान गुमाएका थिए । यूएस बंगला एयरलाइन्सका जनसम्पर्क अधिकारी क्यामरुल इस्लामले भने आफूलाई राजीनामा पत्रबारे कुनै जानकारी नभएको बताएका छन् ।

अविडका एक जना साथीले भनेका छन्, ‘यूएस बंगला एयरलाइन्सका एक जना उच्च अधिकारीले दुई महिनाअघि राजीनामा दिएर इथियोपियन एयरलाइन्समा काम गर्न थालेका थिए । उनीसँग अविड पनि नजिक भएकाले त्यस विमानमा अविड पनि काम गर्ने योजनामा थिए ।’

‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथीले प्रथम आलो पत्रिकासँग भनेका छन्, ‘यद्यपि, त्यसलाई अधिकारीहरुले स्वीकार गरेनन् ।’

अविडको नजिकका पाइलटहरुले उनले राजीनामा दिइसकेपछि पनि विमान उडाउन लगाउनु नैतिक रुपमा पनि राम्रो नभएको बताएका छन् । यद्यपि, विमान दुर्घटनाको आधिकारिक कारण जान्नलाई थप अनुसन्धान जरुरी रहेको उनीहरुको भनाइ छ ।

उनीहरुले ब्ल्याक बक्सले त्यसको अनुसन्धान गर्न मुख्य भूमिका खेल्ने बताएका छन् । ब्ल्याक बक्सले विमान चालक र एयरपोर्टको कन्ट्रोल रुममा भएको कुराकानीलाई रेकर्ड गर्ने काम गर्छ ।

सन् २०१५ मे ६ मा अविडले यूएस बंगलामा काम गर्न थालेका थिए । उनी यूएस बंगला -८ क्यू ४०० नम्बरको विमानको चालक दलको सदस्यमध्येका प्रमुख थिए ।

बंगलादेशी वायु सेवामा सन् १९८४ मा प्रवेश गरेका उनी विमान चालकको प्रशिक्षक पनि थिए ।

उनको बंगलादेशको उत्तरामा घर छ, जहाँ उनको श्रीमती र छोरासँग बस्थे । सञ्चारमाध्यमहरुले उनकी श्रीमतीसँग कुरा गर्न खोजे पनि उनी बोल्न चाहिनन् ।

— एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान