२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्थली क्याम्पसका अखिल र नेविसंघबाट निर्वाचित स्ववियू पदाधिकारी आरोप प्रत्यारोपमा…

२ चैत्र २०७४, शुक्रबार १६:१६

प्रज्वल पौडेल । चैत्र २, काठमाण्डौ ।

रामेछापको मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र काङ्ग्रेस निकट विद्यार्थी संगठनका नेविसंघबाट निर्वाचित भएर स्ववियूमा गएका पदाधिकारीहरु बिच आरोप प्रत्यारोप सूरु भएको हो ।

नेपाल विद्यार्थी संघबाट स्ववियूमा गएका पदाधिकारीहरुले स्ववियूको कार्यसम्पादनप्रति असन्तुष्ट जनाएका छन् । क्याम्पसका स्ववियूका सचिव विमल पौडेलले शुक्रबार पत्रकार सम्भेलन गरी असन्तुष्टी व्यक्त गरेका छन् । उनले स्ववियूलाई गलत हिसाबले विद्यार्थी संगठन हरुले प्रयोग गर्न खोजेको भन्दै कडा प्रतिकारमा उत्रने उनीहरुले चेतावनी दिए । 


सचिव पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती प्रकाशन गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामेछापले चैत १ गते निकालेको प्रेस विज्ञप्ती प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ  ।  विज्ञप्तीमा स्ववियुलाई अपहेलना गर्दै स्ववियू  सभापति , सचिव लगाएत पदाधीकारीहरुको अनुपस्थिति र जानकारी विना कार्यक्रमहरु तय भई स्थगित भएको कुरालाई लिएर क्याम्पस प्रशासन र नेविसंघलाई भ्रमित पार्ने गरी जारी गरिएको प्रेस विज्ञप्तीले आफुहरुको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा क्याम्पस प्रशासनलाई विवादमा तान्ने उद्देश्यले नेविसंघको गरिमामा आँच आउने गरी अपशब्द प्रयोग गरी विद्यार्थीहरुलाई  गलत आरोप लगाइएको उल्लेख छ । विज्ञप्तीमा आगामी दिनमा स्ववियुले संचालन गर्ने हरेक कार्यक्रम एकहप्ता अघि नै सार्वजनिक भएको मात्र आधिकारिक हुने जनाइएको छ । 

अखिलले बिहिबार क्याम्पसमा तय भएको कार्यक्रम नेविसंघ र क्याम्पस प्रशासन मिलेर स्ववियू र अखिलले गर्न लागेको कार्यक्रम रोकिएको विषयलाई लिएर अनेरास्ववियू जिल्ला कमिटिले विहिबार क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएपछि स्ववियू सचिब पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको हो । पत्रकार सम्भेलनमा नेविसंघबाट टिकट पाएर निर्वाचित भएका पदाधिकारीको सहभागिता थियो ।

 स्ववियू सचिव द्वारा जारी प्रेश विज्ञप्ति यस्तो छ ….



यता स्ववियूका सचिव विमल पौडेलको हस्ताक्षरित प्रेस विज्ञप्ति पत्रकार सम्भेलन मार्फत सार्वजनिक भएपछि मन्थली क्याम्पस कै स्ववियूकी उपाध्यक्षले सचिवको कार्यप्रति बिरोध गरेकि छिन् । उनले स्वबियुको गरिमालाई बिर्सेर अपहेलना गर्ने, स्वबियु अध्यक्ष कपिल मगर,उपाध्यक्ष  म र स्वबियु भित्रका पदाधिकारीहरुलाई समेत थाहा नदिइ ब्यक्तिगत मनोमानी ढंगले विद्यार्थीहरुलाइ भ्रमित पार्न र स्वबियु जस्तो गरिमामय सस्थाको बेइज्जत नगर्न अनुरोध गरेको साझा सबाललाइ प्रतिक्रिया दिइन् ।  प्रेस विज्ञप्ति सार्वजनिक भएपश्चात उनको प्रतिक्रिया यस्तो छ ।

"विद्यार्थीहरुले विद्यार्थीको शैक्षिक स्वतन्त्रता,विद्यार्थी हकहित,अधिकार र प्रतिष्ठा प्राप्तिको लागि निरन्तर लागि रहेको एक मात्र साझा संस्था हो स्वतन्त्र विद्यार्थी युनियन २०७३ साल फल्गुन १८ गते निर्वाचित भइ सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा विभिन्न अतिरिक्त,रचनात्मक गतिविधिहरु तथा कार्यक्रम गर्दै आइरहेको अबस्थामा केही त्यस्ता अराजक र प्रतिक्रियावादी शक्तिहरुले आफ्नो स्वार्थका लागी स्वतन्त्र विद्यार्थी युनियन माथि धावा गरिएको प्रति घोर आपत्ति जनाउदै स्वबियुको गरिमालाई बिर्सेर अपहेलना गर्ने, स्वबियु अध्यक्ष कपिल मगर ,उपाध्यक्ष  सरिता खाती र स्वबियु भित्रका पदाधिकारीहरुलाई समेत थाहा नदिइ ब्यक्तिगत मनोमानी ढंगले विद्यार्थीहरुलाइ भ्रमित पार्न र स्वबियु जस्तो गरिमामय सस्थाको बेइज्जत नगर्न अनुरोध गर्द्छु। स्वबियुको आधिकारिक मिटिङ बसि तय गरिएको कार्यक्रममा अराजक प्राविधिले सहभागी हुने र स्वतन्त्र विद्यार्थी युनियनलाई कसैको ब्यक्तिगत संगठनका रूपमा प्रयोग नगर्न स्वबियुको नाममा कथित संगठनका ब्यक्तिहरुलाइ जम्मा गरि अनैतिक मनोमानी र तान्द्ड्ब नृत्यको  रुपमा गतिविधि नगर्न , स्वबियुको टिम, पदिय मर्यादा, आफ्नो जिम्मेवारी र स्वबियुको मर्यादालाई नभुल्न,स्वबियुले गर्ने हरेक  क्रियाकलापलाई आफ्नो भात्तृ संगठन घर सम्झिइ स्ववियुको बेइज्जत  र आच आउने काम नगर्न समेत  सुझाव दिन चाहन्छु । स्वबियुले गर्ने कुनै पनि गतिविधि रोक्ने र आफ्नो भातृसंगठनको रूपमा प्रयोग गर्न खोज्ने दुस्प्रयास गरेमा स्वतन्त्र विद्यार्थी युनियन चुप लागेर नबस्ने र यस्ता गतिविधिलाई दोहोर्या उने र विद्यार्थीहरुलाइ भ्रमित पार्ने काम गर्दै क्याम्पसको महत्त्वपूर्ण अंग साझा सस्था स्वतन्त्र विद्यार्थी युनियन माथि  क्याम्पस प्रशासनलाई साथमालिइ  गतिविधि देखाउछु भन्ने प्रयास गरेमा यस्ता कथित संघसंगठनहरु प्रति स्वतन्त्र विद्यार्थी युनियन जस्तो सुकै कदम चाल्न समेत पछि नपर्ने चेतावनी दिन चाहन्छु । "

यस्तै नेविसंघका नेता सुन्दर घिमिरे सामाजिक संजालमा लेख्छन् : 

"मन्थली क्याम्पसमा, 

स्ववियु निर्वाचन पश्चात् आम विद्यार्थीमा केहि परिवर्तनको आशा पलाएको थियो तर बिडम्मना १ बर्ष बित्न नपाउदै खासगरी स्ववियु सभापति, केहि पदाधिकारी तथा सदस्यहरुको यो चर्तिकलाबाट क्याम्पस प्रशासन र हामी सबै विद्यार्थीहरु दिक्क छौँ । हाम्रा आशा, अपेक्षाहरु निराशामा परिणत भएका छन् । अघिल्लो पटक स्ववियुको निर्बाचन हुन नसक्नु बल प्रयोग गरि जबरजर्स्ती कब्जा गरिनुले साथिहरुको लोकतान्त्रिक व्यबस्थाप्रतिको दृष्टिकोण प्रष्ट भएको थियो । यो पटक निर्वाचित नेतृत्वले पनि आफ्नो छुट्टै पहिचान भन्दा बिगतको तितो निरंतरतालाई प्राथमिकता दिएकोमा दुखी छु । आन्तरिक द्वन्दमै व्यस्त वर्तमान स्ववियुलाई शुभकामना दिन चाहन्छु कि यो विद्यार्थीहरुको छाता संगठन हो । यहाँ बसेर तान्डव नृत्य नदेखाउनु ,तपाईंहरुसंग रहेको हरेक पलको सकारात्मक सदुपयोग गर्नुस् ताकी भविष्यका पुस्ताले तपाईंको सह्राना गरुन् । जय नेपाल ।

यो पनि पढौ…

मन्थली क्याम्पस प्रशासनलाई अनेरास्ववियु रामेछापको ध्यानाकर्षण ( विज्ञप्ति सहित )


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो