2026-08-04 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भधारणको लागि महिलाहरुलाई सबैभन्दा उपयुक्त समय, दिन र उमेर कुन हो ?

गर्भधारणको लागि हरदिन सामान्य हुँदैन । केहि दिन विशेष दिन यस्तो हुन्छ जब महिलाहरु गर्भवती हुने सम्भवना धेरै हुन्छ । यस्तो समयलाई महिलाको फर्टाइल स्टेज भन्ने गरिन्छ । यस समय यौन सम्बन्ध भएमा महिलाहरु गर्भधारण हुने सम्भावना बढ्छ ।

गर्भधारणको लागि महिलाहरुलाई सबैभन्दा उपयुक्त समय वा दिन कुन ? 

आमा बन्नु सहज कुरा होइन । धेरै कारणले केहि महिलाहरु आमा बन्न सक्दैनन् वा गर्भधारण गर्न सक्दैनन् । यदी तपाइले केहि सानातिना तर महत्वपूर्ण कुराहरुलाई ख्याल गर्नु भएमा तपाइँ सहजै गर्भधारण गर्न सक्नुहुन्छ ।

गर्भधारण गर्नको लागि केहि कुराहरुको ज्ञान हुनु जरुरी हुन्छ जस्तो कि: 

– गर्भधारणको लागि केवल सेक्स जरूरी होइन किनकी कुन समय तपाई सेक्स गर्दै हुनुहुन्छ यो कुरा पनि महत्वपूर्ण छ । 

– सफल गर्भधारण गर्नको लागि ओवुलेशन पीरियडको जानकारी पनि जरुरी हुन्छ । 

– गर्भधारण गर्नको लागि दिनभर कुनै पनि समय उचित हुन्छ । 

– गर्भधारणसंग सम्बन्धित शोध अनुसार यो कुरा थाहा हुन्छ कि जुन महिलाले सेक्सको क्रममा उत्तेजित हुन्छन् तब गर्भधारणको संभावना निकै हुन्छ ।

गर्भधारणको समयबारे जानकारी 

पुरुषको शुक्राणु जब महिलाको गर्भमा प्रवेश गर्छ तब गर्भधारण हुन्छ । पुरुषको शुक्राणु महिलाको अंडाणुमा पुगेर जब सफल निषेचन गर्छ तब गर्भधारण हुन्छ । 

यदी तपाइको बिबाह भएको धेरै समय भएको छ तर फेरी पनि तपाइँ गर्भधारण हुनुभएको छैन भने गर्भधारणको प्रयास गर्नु अघि तपाई दुवै पति-पत्नीले आफ्नो शारीरिक परीक्षण गर्न पर्ने हुनसक्छ ।  यसबाट यो कुरा थाहा हुन्छ कि तपाइँहरुको समस्या के हो ? 

यदी तपाइँ यो जान्न चाहनुहुन्छ कि महिनावारी भएपछी कुन दिन गर्भधारणको लागि सबैभन्दा उपयुक्त हुन्छ, यो लेख तपाइको लागि नै हो । 

महिनावारीपछि गर्भवती हुने सम्भावना 

महिनावारी भएको ६ दिन पछि ७ दिनसम्म गर्भवती हुने सम्भावना रहन्छ । महिनावारी सुरु भएको ६ दिनपछी सेक्स गर्दा त्यस लगत्तै ७/८ दिनसम्मको समय गर्भ बस्ने सम्भावना उच्च हुन्छ । यदी तपाई कुनै ख्याल नगरी दिन बिराएर सम्बन्ध राख्नुहुन्छ भने पनि गर्भधारणको सम्भावना बढ्छ । श्रीमतीको उत्तेजना बिना श्रीमान आफु सन्तुष्ट बन्न मात्र सेक्स गर्छ भने गर्वाधानको सम्भावना समेत घट्छ । सेक्स गर्दा श्रीमती निकै कामुक रुपमा यौन आनन्द लिईरहेकी छन् भने त्यस्तो अवस्थामा गर्वाधान हुने सम्भावना निकै बढी हुने सोधकर्ताहरुले जनाएका छन् । 

— यदी तश्विर अनुसार हेर्नुहुन्छ भने महिनावारी भएको ६/७ दिन पछीदेखि १४ दिनसम्म गर्वाधान हुने सम्भावना बढ्दै गएको देख्न सकिन्छ, यसको मतलव यस समय हर्मोनको मात्रा अन्य समयभन्दा बढी हुन्छ, यस अवधिमा संसर्ग हुँदा गर्वाधानको सम्भावना उच्च हुन्छ । 

गर्भधारणमा उमेरको महत्व 

— चार्ट अनुसार हेर्नुहोस् = २० देखि ३४ बर्षको उमेर गर्ववती हुनेहरुको लागि निकै राम्रो % मा देखाएको छ । 

गर्भधारण गर्नको लागि उमेरले पनि बिशेष महत्व राक्छ । गर्भवती हुनको लागि सबैभन्दा उपयुक्त उमेर २२ देखि २९ बर्षको बीचलाई मानिन्छ । विवाहलाई लिएर आजकाल मानिसहरुको सोच बदलिएको छ । आजभोली विवाहको औसत उमेर ३० बर्ष मानिन्छ तर यो उमेरपछी गर्भधारण गर्नको लागि २२-२९ बर्षजति उपयुक्त हुँदैन । उमेर ढल्केपछी गर्भधारण हुने सम्भावना कम हुँदै जाने हुँदा पनि समस्या निम्तन सक्छ । त्यसो त ढल्कँदो उमेरमा हुने गर्वले आमा वा बच्चाको स्वास्थ्य वा सारीरिक कष्टको समेत समस्या आउने गरेको बताइन्छ ।  महिलाको २५ बर्षको उमेर शारीरिक र मानसिक रूपमा गर्भवती हुनको लागि सबैभन्दा उपयुक्त उमेर मानिन्छ । २२ देखि २९ बर्ष सम्मलाई निकै उपयुक्त उमेर मानिने भएपनि साधारणतया गर्भधारणको लागि १८ बर्षदेखि ३५ बर्षसम्मको उमेर पनि उपयुक्त मान्ने गरिन्छ । तर २० बर्ष पछी मात्र गर्वधारण गर्नु डाक्टरहरुको सल्लाह हुन्छ भने ३५ बर्ष हुनु अगावै गर्व बोक्न सल्लाह दिने गरिन्छ । 

शिशु रोग विशेषज्ञहरुको अनुसार जो महिला ३५ वर्षको उमेरपछी गर्भधारण गर्छन उनीहरुको शिशु जन्मेपछी कयौं विरामी वा रोगको सिकार बन्न सक्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट