2026-09-13 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशकै प्रमुख राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम, सरोकारवाला बेखबर (फोटो फिचर)

राम नारायण पंडित | फागुन ५, सिरहा | पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बिभिन्न स्थानमा सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । देशकै मुख्य राजमार्गको रुपमा रहेका यस मार्गमा सडकको बिभिन्न स्थानमा रहेको खाल्डाखुल्डी समेत नपुरिदाँ सवारी साधन आवागमनमा असहज भईरहेकाले दुर्घटनाको जोखिम बढेको चालकहरुले बताएका छन् । दैनिक हजारौ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दापनी सम्बन्धित सरोकारवाला पक्षको ध्यान जान नसकेको स्थानियको आरोप छ । 

असार–साउन महिनाको अबरिल बर्षाका कारण मिर्चैयामा भत्केका सडकको झन्डै ८ महिना बितेपनि टालटुल समेत हुन सकेका छैन् । खासगरी पुर्बमा मिर्चैयाको मटियर्वा चौकदेखि पश्चिममा सल्हेश चौकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अबस्था अस्तव्यस्त बनेको छ । मिर्चैयाको मटियर्वा चौक, थाना चौक, कटारी चौक र पश्चिम बस स्टेन्डमा रहेका ठुल–ठुला खाल्डाखुल्डीले पैदल आबतजाबत गर्न समेत समस्या भइरहेका छन् । 

एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढे्का छन् भने अर्का तिर सडकमै माटो रहेकाले मिर्चैयाको मुख्य ब्यापारिक क्षेत्रमा सबारीसाधनको चापसंगै उडे्को धुलोधुँवाले ब्यापार–ब्यबसायीमा कमी आउनका साथै स्बस्थ्यमा समेत हानी गरिरहेको स्थानिय ब्यापारी अशोक साहले बताए । राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराएपनि कुनै चासो नदिएको ब्यापारी साहले आरोप लगाए । राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी भएका छन् भने कतिपय स्थानमा ग्राभेल हालेर पुरेको अबस्था छ । तर, सडक डिभिजन कार्यालय लहानले कालोपत्रे गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको अबस्था छ । खाल्डाखुल्डीमा माटो हालेर झारो टार्ने काम पनि गरिएको देखिन्छ । 

बर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयबासीहरुलाई  सास्ती व्यहोर्नु परेका छन् । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाई भईरहेका छन् । सडकमा जोखिम मोलेर भएपनि चालकहरुले यातायात सञ्चालन गर्ने गरेका छन् । 

यता, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेलले राजमार्गमा हामीले केहि गर्न नसक्ने बताए । उनले भने “यो सडक बिभागको काम हो, हामीले सडक बिभागसंग कुरा गर्यौ, हामीलाई मुख्य राजमार्गमा केहि गर्न भनेका छैन् ।”

राजमार्गका ठेक्केदार रामबाबु यादबले एक हप्ता भित्रै काम सुरु गर्ने बताए । सडकलाई मर्मत गर्नका सबै तैयारी भएपनि कामदारको अभाबले केहि ढिलो भएको स्पष्ट गरे । कामदार आउने बितिकै काम सुरु गर्ने ठेक्केदार यादबले दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन