2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

पत्रकार नवराज श्रेष्ठको नेतृत्वमा फोनिज रामेछापको नयाँ कार्यसमिति गठन

प्रज्वल पौडेल । फागुन ५, रामेछाप । रामेछापमा नवराज श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) गठन भएको छ । सदरमुकाम मन्थलीमा सोमबार भएको प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।  नवगठित संघको उपाध्यक्षमा सम्झना श्रेष्ठ, सचिवमा तिर्थमाया तामाङ, सह सचिवमा निरोज श्रेष्ठ र कोषाध्यक्षमा कुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी प्रसान्त हायु , अनिता थापा मगर , सुमित्रा तामाङ र प्रविन तामाङ फोनिज रामेछापको सदस्य बनेका छन् । अधिवेशनले पत्रकार सुमित श्रेष्ठ , युनिक विफा घिसिङ र ज्ञानु श्रेष्ठ केन्द्रिय पार्षद बनाएको छ भने प्रदेश पार्षदमा युवराज श्रेष्ठ , शान्ता श्रेष्ठ र तुल्सीदेवी श्रेष्ठ चयन भएका छन् ।

पदभार ग्रहणपछि  साझासबालसँग कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आदिवासी जनजातिका मुद्दासँगै समग्र नेपाली पत्रकारिताको हितमा संगठनले काम गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ” सरोकारवाला सबैसँग सहकार्य गरेर फोनिजलाई अगाडि बढाउने छु । सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी जनजाति पत्रकारहरुको क्षमता विकासका लागि पहल गर्छु ।” 

श्रेष्ठ नेपाल पत्रकार महासंघ रामेछाप सचिव समेत रहेका छन् । जिल्लामा जनजातिहरुको हकहित अधिकारका निम्ति आवाज बुलन्द बनाउने पदाधिकारीहरुको भनाइ रहेको छ । 

फोनिज रामेछाप तदर्थ समितिका अध्यक्ष सुमित श्रेष्ठको अध्यक्षता र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुङ्गेलको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटनसत्र भएको थियो ।कार्यक्रममा पूर्व अध्यक्ष नवराज पथिक , प्रेस चौतारी नेपाल रामेछापका उपाध्यक्ष कैलाश खत्री , प्रेस युनियन रामेछापका अध्यक्ष बद्रि नयाँघरे र संचारीका समुह रामेछापका अध्यक्ष शान्ता श्रेष्ठ लगाएतले शुभकामना दिएका थिए । उनीहरुले फोनिजले सबैसँग समन्वय गरेर पत्रकारहरुको वृद्धिविकासमा ध्यानदिनुपर्नेमा जोड दिएका थिए । जिल्लामा पत्रकारहरुको हकहितका लागि काम गर्ने संस्थासँग सहकार्य गरेर फोनिज अगाडि बढ्नुपर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई