२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा मृत्युदण्ड सुनाइएका उमेश भन्छन्: ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

६ चैत्र २०७४, मंगलवार ०७:२२

धनुषा, ६ चैत | बाह्र वर्षदेखि साउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । 

साउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको छ । 

धनुषाको साविक माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवको साइला सन्तान हुन् उमेश यादव । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले सउदीको जिलादीन कम्पनीमा छ महिना काम गरे । त्यसपछि यो दुर्घटना हुन पुग्यो पाकिस्तानी कामदारको हत्या । 

उमेशका भाइ दिनेश पनि सउदीमै वैदेशिक रोजगारीमा रहेका बेला उमेशबाट यस्तो घटना भएपछि भाइ दिनेश त्यहाँबाट भागे तर पछि उनलाई पनि पक्राउ गरी सउदीको जेलमा छ महिना राखे । 

छ महिनापछि कम्पनीको पहलमा हिरासत मुक्त भएका दिनेश पुनःआफ्नै गाउँ पुगेर खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका छन् । दाजु उमेशको हालत देखेर कहिल्यै विदेश नजाने सोचाइमा उनी छन् । 

चार दाजुभाइमा दुई कट्ठा जमिन मात्र थियो, सउदीमा उमेशलाई सजाय र १२ वर्षदेखि घर नफर्केपछि तीन दाजुभाइले बाँडेर उमेशको भागको सबै बेचबिखन गरी सकेको अवस्था छ । 

सजाय सुनाइएका उमेशका कमलेश यादव र हितेष यादव गरी दुई छोरा छन् । दुवै छोरालाई लिएर उनका श्रीमती मन्जुदेवी यादव धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा काम गरी सन्तान पालिरहेकी उमेशका बुबा भोला यादव बताउनुहुन्छ । 

वृद्ध बुबाआमा भन्नुहुन्छ, “ जेलबाटै साथीको मोबाइलबाट कहिलेकाहीँ फोन गर्छ र बढीमा १०–१५ सेकेण्ड कुरा हुन्छ, उ एउटै कुरा भन्छ म घर आउँछु आमा, मेरा छोरा कता छन् ? यति भन्दैमा फोन काटिन्छ । सायद अरुको मोबाइल चोरेर फोन गर्छ होला र जेलका सुरक्षाकर्मीले मोबाइल खोस्छन् त्यही भएर यतिको कम कुरा हुन्छ होला उमेशको । ” 

साउदीस्थित रहेको नेपाली दूतावासले पहल थालेको सुनिएको छ तर समयमै काम हुनसके उमेशलाई सुनाइएको सजाय आम माफी हुने बताइएको छ । 

हत्या भएका पाकिस्तानी नागरिकको परिवारले ब्लडमनी रु ७० लाख माग गरेको बुझाउन सके र अदालतमा मृतकका परिवारले छोडदिन भनेपछि उमेशलाई आममाफी हुने संभाबना छ । नेपालबाट सरकारी पहल हुनसके उमेश फर्केर आउने परिवारको आस छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य