३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन सम्बन्ध कति अवधिको राम्रो ? पार्टनरको सन्तुष्टि कसरी थाहा पाउने ?

६ चैत्र २०७४, मंगलवार १०:५४

यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ । किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो।

पुरुषले योनिमा लिङ्ग प्रवेश गराएदेखि वीर्यस्खलनसम्मको समयलाई Intravaginal Ejaculation Latency Time भनिन्छ। यो समय व्यक्ति–व्यक्तिअनुसार फरक–फरक हुन्छ र एक व्यक्तिको पनि फरक–फरक समयमा फरक–फरक हुन सक्छ । सामान्यतस् उमेर बढ्दै जाँदा उक्त समय केही घट्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ ।

यहाँ भनिरहनु पर्दैन कि यौनसम्पर्कको समय व्यक्ति, जोडी अनि परिस्थितिअनुरूप फरक–फरक हुन्छ । Journal of Sexual Medicine मा गरिएको एक अध्ययनमा sex therapist ले १–२ मिनेटको यौनसम्पर्कको समयलाई ‘धैरै छोटो’, ३–७ मिनेटको समयलाई ‘पर्याप्त’ अनि ७–१३ मिनेटको समयलाई ‘वाञ्छनीय’ मानिएको छ ।नेपालमा नेपालीले यौनसम्पर्क राख्ने समय कति हुन्छ भन्ने अध्ययन भएको जानकारी मलाई छैन, त्यसैले बाहिरका अध्ययनलाई नै आधार मान्नुपर्ने हुन्छ तर महत्वपूर्ण कुरा यौनसम्पर्क भनेपछि योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने कुरामा सीमित हुने सोचभन्दा वाहिर आउनुपर्छ । तपाईं वा तपाईंकी श्रीमतीलाई राम्रोसँग यौन उत्तेजनामा आउन लाग्ने समयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ अनि सबैभन्दा मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयावधिलाई लिएर सन्तुष्ट हुनुपर्छ ।

कसरी लामो समयसम्म यौनसम्पर्क राख्ने ?

सर्वप्रथम त तनावरहित हुन आवश्यक छ । तनाव, चिन्ता अनि विशेष गरेर यौन सक्षमताको चिन्ताले यसमा कुनै सहयोग गर्दैन । यौन साथीलाई आफ्नो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या थप चर्को हुन सक्छ । यौनसम्पर्कको समय छोटो हुने समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय अपनाउन सकिन्छ ।

यौनसम्पर्क रोक्ने–सुरु गर्ने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग झिकेर केही बेर यौन क्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने ।

आसन परिवर्तन गर्ने : लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि स्खलन रोक्न मद्दत मिल्छ ।

लिङ्ग अँठ्याउने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने। उत्तेजना केही कम भएपछि पुन: यौनक्रीडा सुरु गर्ने।

कन्डमको प्रयोग : कन्डमको प्रयोगवाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ।

मांसपेशीको प्रयोग : पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ।

श्रीमती सन्तुष्ट नभएको कुरा

तपाईंकी श्रीमती सन्तुष्ट नभएकै हो वा तपाईंलाई त्यस्तो लागेको मात्र हो भन्ने कुराअनुसार फरक–फरक समाधान हुन सक्छ । तपार्इंकी श्रीमतीमा यौनेच्छा बढी भएको पनि हुन सक्छ । यो कुरा तपाईंहरूबीचको सम्बन्धको सुमधुरता मात्र होइन, शारिरीक तथा मानसिक स्थितिमा पनि भर पर्छ । महत्वपूर्ण कुरा के छ भने यौनसम्पर्कवाट मात्र महिलाले यौन सन्तुष्टि प्राप्त गर्ने होइन । महिलाले कसरी यौन सुख प्राप्त गर्न सक्छन् भन्ने कुरामा ध्यान दिने मात्र होइन, त्यसमा संलग्न पनि हुनुपर्छ।

महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिरै हुन्छ। त्यसलाई हात वा औंलाले चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ। योनि अर्को महत्वपूर्ण अङ्ग हो। यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ। योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ। स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ। त्यसबाहेक अन्य नयाँ प्रयोग गर्न सकिन्छ।

यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत गर्छ । दुवैले एकसाथ चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यही नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै चरम सुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ