२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापा: ३५ लाखमा विवाहमा बेहुलाले दिएको सिन्दुर पोते फिर्ता

६ चैत्र २०७४, मंगलवार १२:३५

चैत ६, झापा | दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन् । 

जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै बेहुलीको सिउँदो भरेर सिन्दूर दान गरेका बुद्धशान्ति गाउँपालिका–१ निवासी २९ वर्षीय राकेश रेग्मीले बेहुलीलाई दान गरेको सिन्दूर पोते आफैँले फिर्ता पाएका हुन् । गत फागुन २० गते सामाजिक परम्पराअनुसार बुद्धशान्ति गाउँपालिका–१ निवासी रेग्मीले सोही गाउँपालिका निवासी एक किशोरीसँग विवाह गरेका थिए । 

विवाह गरेको भोलिपल्टै आफूमा शारीरिक समस्या रहेको भन्दै बेहुली छाडेर भागेका राकेशलाई ती युवतीले आज सिन्दूर पोते फिर्ता दिएकी हुन् । उनले इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका राकेशलाई प्रहरी कार्यालयमै पुगेर लगाइदिएको सिन्दूर पोते फिर्ता दिएकी हुन् । युवतीले फिर्ता दिएको सिन्दूर पोते बुझ्दै राकेशले ती युवतीको उज्वल भविष्यको कामना गरे । उनले भने, “तिम्रो भविष्य सुन्दर भएको देख्न चाहन्छु ।” 

विवाहको भोलिपल्टै बेहुली छाडेर बेपत्ता भएका राकेशलाई परिवारको सहयोगमा दुई दिनपछि प्रहरीले भारतबाट नेपाल ल्याएको थियो । शुरुमा आफूलाई अपहरण गरेर भारतको पटना पु¥याएको बताएका राकेशले पछि आफैँ आफूमा शारीरिक समस्या भएपछि घर छोडेर हिँडेको प्रहरीलाई बयान दिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । 

बेहुली छाडेर बेपत्ता बनेका राकेशले आफ्नी छोरीको भविष्य अन्योलमा पारेको भन्दै बेहुली पक्षले प्रहरीलाई खबर गरेका थिए । अपहरणमा परे भनिएका राकेशलाई प्रहरीले सकुशल फेला परेको र नाटक गरेको थाहा पाएपछि उनलाई अहिले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो । 

राकेशका बुबा लालप्रसाद रेग्मीले आफ्नै छोराको शारीरिक समस्याका कारण युवतीको भविष्य अन्योलमा परेको भन्दै उनको भरण, पोषण र शिक्षाका लागि रु ३५ लाख दिने सहमति जनाउनुभएको थियो । बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा आइतबार र सोमबार भएको बहसमा उहाँले यस्तो सहमति जनाउनु भएको थियो । मंगलबार भएको बहसमा बेहुलाले बेहुलीलाई उपहार दिएको सिन्दूर पोते फिर्ता गर्ने सहमति भएको र सहमतिअनुसार बेहुलीले बेहुलालाई सिन्दूर पोते फिर्ता दिएको बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिनुभयो । 

बेहुलाले दान गरेको सिन्दूर फिर्ता गर्न बेहुलीसहित उनकी आमा, काकी, सानिमा, सानाबा र गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष भुर्तेल, न्यायिक समिति सचिव अम्बिका अधिकारी, सदस्य मेनुका पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मनोरथ तिवारी लगायतको टोली इलाका प्रहरी कार्यालय धुलाबारी पुगेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो