Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘भ्रष्टाचार मुक्त समाज निर्माण गर्न माया र न्याय सँगै लिएर हिड्न हुदैन’

२०७४, ६ चैत्र मंगलवार १४:४४

प्रज्वल पौडेल । चैत्र ६, काठमाण्डौ । नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले 'माया र न्याय'सँगै लिएर हिड्दा 'भ्रष्टाचार मुक्त समाज निर्माण गर्न' नसकिने बताउनुभएको छ । मंगलबार सामाजिक संजाल फेशबुकमा स्टाटस मार्फत उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार मुक्त समाज बनाउनु भन्दा पहिले पार्टी र तिनका भात्रृसङ्गठनहरूले कसैसँग चन्दा लिन नहुने धारणा राख्नुभयो । नेतृत्व तहका नेताहरुले आफ्नो औकातभन्दा उच्च जीवन शैली नअपनाउने र इमान्दार कार्यकर्तालाई छक्याएर सेलिब्रेटी र धनाड्यहरूलाई अपर्झट राजकीय अवसर नदिने हो भनेपनि भ्रष्टाचार घट्ने पौडेलको बुझाइ छ ।

एमाले नेता पौडेललको स्टाटस जस्ताको तस्तै :

~"माया र न्याय"~

भ्रष्टाचार मुक्त समाज बनाउनु भन्दा पहिले ती पार्टी र तिनका भात्रृसङ्गठनहरूले->

* कतै/कसै (निर्माण ब्यवशायी, उद्याेगपति, व्यापारी, कर्मचारीअादि) संग चन्दा माग्नु हुँदैन ।

* ती पार्टीका तहतहका नेताहरू अाैकात भन्दा उच्च जीवन शैलिमा रहनु हुँदैन ।

* ईमान्दार कार्यकर्तालाई छक्याएर सेलिब्रेटी र धनाड्यहरूलाई अपर्झट राजकीय अवसर दिनु हुँदैन ।

* माया र न्याय संगसंगै हिंडाउन बलगर्नु हुँदैन ।

तब भ्रष्टाचार घटाउन सकिएला ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश