चैत्र ०६,पर्वत। संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुग्नुभएका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र ०६,पर्वत। संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुग्नुभएका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत "/>
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रियसभा अध्यक्षलाई गृह जिल्लामा भब्य स्वागत

२०७४, ६ चैत्र मंगलवार १५:२८

चैत्र ०६,पर्वत। संघीय संसदको उपल्लो सदन राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पर्वत पुग्नुभएका सम्माननीय अध्यक्ष गणेश तिमिल्सीनालाई जन्मगाउँदेखि सदरमुकाम कुस्माबजारसम्म भब्य स्वागत भएको छ । जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुगेको भन्दै जिल्लाबासीले खुसीयाली साथ अध्यक्ष तिमिल्सीनालाई भब्य रुपमा स्वागत गरेका हुन् । 
उहाँलाई जन्मगाउँ मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा बाजागाजासहित स्वागत गरिएको थियो भने कुस्मास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सम्मानसमेत गरिएको थियो । मोदीगाउँपालिका वडा नं ७ वडा कार्यालय र स्थानीय नागरिक समाजको आयोजनामा बाजागाजा र दिपावलीसहित जन्मस्थानमा स्वागत र सम्मान गरिएको छ । राम्जादेउरालीका तत्कालिन गाविस अध्यक्षसमेत रहेका तिमिल्सिना राष्ट्रियसभाको अध्यक्ष बन्नु गाउँसबासीका लागि सबैभन्दा ठूलो उपलब्धी र खुसीको क्षण भएकाले स्वागत भएको हो ।
अध्यक्षले जन्मगाउँ सँगै मोदी गाउँपालिकाले कार्यालय र जिल्ला समन्वय समिति पर्वतले पनि कार्यालयमा भब्य स्वागत तथा सम्मान गरेका छन् । उहाँ तत्कालिन जिल्ला विकास समितिमा २०५४ देखि २०५९ सम्म तिमिल्सीना सभापति हुनुहुन्थ्यो ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आफू विकास निर्माण गर्ने जिम्बेवारीमा नपुगेपनि पर्वत जिल्ला सधै प्राथमिकतामा रहने बताउनुभयो । ‘म अहिले विकास निर्माण गर्नेभन्दा कानुन निर्माण गर्ने निकायमा छु’ उहाँले भन्नुभयो, ‘मैले जिल्लाको विकास निर्माणलाई कसरी सहयोग पुर्‍याउन सक्छ सधै प्रयत्नशील रहनेछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली