२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

आधुनिक गीत प्रतियोगिता अन्तर्गत ७ नम्बर प्रदेशबाट तीन जना छनोट

६ चैत्र २०७४, मंगलवार २०:३०

प्रकाश बम | चैत ७, डोटी | रेडियो नेपालले ६८ औँ बार्षिकोत्सवका अवसरमा गरिरहेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगिताका लागि ७ नम्बर प्रदेशको छनोट प्रतियोगिता सम्पन्न गरेको छ । तीनजना प्रतियोगी कलाकारहरुलाई छनोट गर्दै आज प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गरेको हो । 

रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको आयोजनामा डोटीको सिलगढीमा आयोजित प्रदेश स्तरीय प्रतियोगिताबाट कैलालीका बसन्त साधक प्रथम, डोटीका रविन प्रधान द्वितिय र डडेल्धुराका सुधिर जैरु तृतिय हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुनुभयो । उहाँहरु सहित सातवटै प्रदेशबाट तिन–तिन जनाका दरले छनोट भएका २१ जना प्रतियोगिहरुले काठमाण्डौमा राष्ट्रब्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रदेश प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका तिनै जनाले जनही प्रथमले १० हजार, द्वितियले सात हजार पाँच सय र तृतियले ५ हजार नगद र पदक प्राप्त गरेका छन् । 

प्रतियोगिताका लागि ७ नम्बर प्रदेशका कुल २१ जनाले आवेदन पेश गरेका थिए । जसमध्ये ११ जनाले स्वर परिक्षा दिँदा ७ जना प्रतियोगिताका लागि  छनोट भएका थिए । ७ जनाले प्रतियोगीलाई आज बिशेष समारोहका बिचमा प्रतिस्पर्धा गराईएको थियो । 


समारोहमा प्रमूख अथिति रहनुभएका जिल्ला समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐरले कला क्षेत्रको संरक्षण र सम्बद्र्धनमा रेडियो नेपालले बिगतदेखी खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले रेडियो नेपालले आगामी दिनमा पश्चिमेली, बिशेषगरी देउडा भाकाका प्रतियोगिताहरु पनि निरन्तर अगाडी बढाईदिन आग्रह गर्नुभयो । 

दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले रेडियो नेपाल समय सापेक्ष रुपान्तरण हुनुपर्ने र सबै क्षेत्र, भाषा, बर्ग, लिङ्ग समुदायका आवाजहरु माथि उठाउने काममा लाग्नुपर्ने बताउनुभयो । 

प्रतियोगितामा सहभागि कलाकारहरुले रेडियो नेपालले दुर्गममा आएर प्रतियोगिताका लागि छनौट कार्य गरिदिएकोमा खुशी ब्यक्त गर्नुभएको थियो । 

प्रतियोगितापछि चलेको सांगितिक कार्यक्रममा बरिष्ठ संगीतकार तथा गायक बुलु मुकारुङ, आधुनिक गायक दिवाकर शर्मा लगायतले सांगीतिक प्रस्तुतीहरु राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै