१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

काँग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन

७ चैत्र २०७४, बुधबार ०६:४८

चैत ७, नुवाकोट | नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट विदुरमा शुरु हुन लागेको छ । 

सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ, काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक गोविन्द पुडासैनीले भन्नुभयो– “सम्मेलनमा सहभागी हुने सबै जिल्लाका कोषाध्यक्ष आउने क्रम शुरु भएको छ ।” 

“पछिल्ला निर्वाचनको परिणामले पार्टी कमजोर बनाएको समयमा हुनलागेको यो सम्मेलनले पार्टीलाई थप सुदृढ र बलियो बनाउन सहयोग पुग्ने छ,” संयोजक पुडासैनीले भन्नुभयो–“पार्टीको केन्द्रीय पदाधिकारीसहित शीर्ष सबै नेता एकै मञ्चमा सहभागी हुने भएकाले गुटगत प्रवृत्तिको समेत अन्त्य गराउन सम्मेलन सार्थक हुने विश्वास छ ।” 

जननायक गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथिको अवसर बनाएर आयोजना गरिएको सम्मेलन आजबाट शुरु भई भोलि बन्द सत्रसहित प्रशिक्षण र ९ गते रसुवाको स्याफ्रुबेंसीमा समीक्षा बैठकसहित पत्रकार सम्मेलन गरी सयुक्त घोषणापत्र जारी गरेर सम्पन्न हुने काँग्रेस रसुवाका कोषाध्यक्ष पदम न्यौपानेले जानकारी दिनुभयो । 

पार्टीका कोषलाई बढी व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन भेला केन्द्रित हुने जनाएको छ । काँग्रेसलाई अझ बढी सबल, सुदृढ र सक्षम बनाउनका लागि पनि यो सम्मेलनले सहयोग पु¥याउने काँग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । 

सम्मेलनले पार्टीको भावी रणनीतिसमेत तय गरिने उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह