2026-07-25 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पाकेटमार’ श्रीमान छुटाउन ३ लाख बोकेर प्रहरीकोमा पुगेकी श्रीमती पक्राउ

चैत ८, काठमाडौं । बुधबार धुलिखेलका २४ वर्षिय विवेक लामा  पक्राउ परे। प्रहरीको खोजी सूचीमा रहेका लामा ‍पाकेटमारीको समूह बनाएर उपत्यका भित्र सक्रिय थिए। पटक पटक पक्राउ परेर छुट्ने गरेका लामा हिजो चक्रपथ परिक्रमा गर्ने बसमा सवार यात्रु सरोज कार्कीको पाकेट मार्दै गर्दा सिनामंगलबाट पक्राउ परे।

यसैबीच महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका लामालाई छुटाउन उनकी श्रीमती बिचौलीयाको सम्पर्कमा पुगिन्। बिचौलियाले प्रहरी चिनाइदिए।

प्रहरीलाई घुस दिएर श्रीमानलाई छुटाउन २३ वर्षिया शर्मिला तामाङले ३ लाख २४ हजार रूपैयाँ जम्मा गरिन्।

बिचौलियाले चिनाए अनुसार जम्मा पारेको रकम लिएर शर्मिला मध्यरात १२ बजे प्रहरी अधिकारी भेट्न तिलगंगा पुगिन्।

बिचौलियाले भने अनुसार सम्पर्क भएको व्यक्ति ती महिलालाई भेट्न गए। महिलाले उक्त घुस रकम प्रहरीलाई दिन खोज्ने क्रममा प्रहरीले पैसा लिएन उल्टै उनलाईसमेत पक्राउ गर्‍यो।

श्रीमानलाई छुटाउ प्रहरीलाई घूस दिने श्रीमती पनि अहिले प्रहरी हिरासतमै छन्।

५० हजार पाकेट मारेका श्रीमानलाई छुटाउन तीन लाख २४ हजार रकम बोकेर मध्यरात एक्लै बनकाली पुगेकी शर्मिलालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखि अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।

‘लामा पाकेटमारीका नाईके हुन्, उनलाई ५० हजार पाकेटमारी गर्दै गर्दा पक्राउ गरिएको हो भने, लामाकी श्रीमती ३ लाख २४ हजार प्रहरीलाई घुस दिन ल्याएको रकम सहित पक्राउ परेकी छन्,’ उनले भने, ‘हामी यसबारेमा अनुसन्धान गर्दै छौं।’

आर्थिक लोभमा पर्ने प्रहरी कर्मचारीलाई कारबाही गर्ने काठमाडौं प्रहरीको कडा चेतावनीकै कारण प्रहरीले रकम लिएर काम गर्न डराएको एक उच्च प्रहरी अधिकृतले  बताए।

‘एसएसपी सा’प पहिल्यै पनि काठमाडौं बस्नु भएको हो, कस्तो अवस्थामा प्रहरी आर्थिक लोभमा पर्नेगर्छ भन्ने कुरा उहाँलाई हेक्का छ,’ ती अधिकृतले भने, ‘२-४ हजारको लोभले जागिरै धराप हुन बेर छैन।’

यसैबीच आर्थिक लोभमा पर्ने प्रहरी मात्र होइन आर्थिक लालसा देखाउनेलाई पनि नछाडिने काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।

‘घुस दिने नागरिक र घुस खाने प्रहरी दुबैलाई एकै ठाँउमा राखेर कारबाही हुन्छ, मैले सार्वजानिक सुनुवाईमा पनि भन्ने गरेकोछु’, उनले भने,‘घुस खाएर मुद्दा मिलाउनु अपराध हो त्यसो गरेको पाइए ठाँउको ठाँउ कारवाही हुन्छ।’

उनले घुस दिने ब्यक्ति पक्राउ गर्नेलाई पुरस्कृत समेत गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक