१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

कर्मचारी र बजेट देऊ: मुख्यमन्त्री शाही

८ चैत्र २०७४, बिहीबार १२:१८

चैत ८, भक्तपुर | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गर्नुभएको छ । 

आज भक्तपुरमा रफत क्लबले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको छ ।” 

मुख्यमन्त्री शाहीले भन्नुभयो, “प्रदेश सरकार सञ्चालन अहिलेका लागि नितान्त नयाँ विषय हो, यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न दक्ष कर्मचारीको चरम अभाव छ, सरकारले कर्मचारी पठाइदिए सहज हुने थियो ।” 

गरिबीले पिल्सिएको प्रदेश भए पनि अवसर र सम्भावना धेरै बोकेको कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने, आगामी वर्ष पर्यटन वर्ष घोषणा गर्दै प्रदेशको विकासमा गुरुयोजनासहित अगाडि बढेर विकासमा नमूना प्रदेश बनाउने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह