2026-09-18 02:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता

2026-09-18

काठमाडौँ | भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितमध्ये हालसम्म १,४१० जनाको शव फेला परेको छ भने ५,१४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३६४ छन्। यस्तै, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेका छन्। फेला परेका शवमध्ये हालसम्म ११० जनाको सनाखत भएको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायतका प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका तथा विस्थापित नागरिकलाई विभिन्न २७ वटा होल्डिङ सेन्टरमा राखिएको छ। तीमध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना रहेका छन् । बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार ९४४ जनाको डिएनए नमुना संकलन गरिएको छ। संकलित नमुनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्नुका साथै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन्। सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी तथा गैरसरकारी निकाय खोजी तथा उद्धार, घाइतेको उपचार र राहत व्यवस्थापनमा परिचालित छन्। भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि अझै सम्पर्कविहीन रहेका नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै