2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेविसंघ नवलपरासीमा सभापति पद रिक्त नरहेको भन्दै भ्रममा नपर्न आग्रह

श्याम थापा/नवलपरासी ९ फाल्गुन | नेपाल विद्यार्थी संघ नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको सभापतिको पद रिक्त नभएको हुदा विद्यार्थीहरुलाई भ्रममा नपर्नको लागि नेपाल विद्यार्थी संघ जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सभापति दधिराम पौडेलले आग्रह गर्नु भएको छ ।

 केही व्यक्तिहरुले सार्वजनिक संजालमा नचाहिने भ्रामक प्रचारप्रसार गरेको र नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका केन्द्रिय उपाध्यक्ष पवन यादवको हस्ताक्षर गरि ल्याएको नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको पत्र चलानी नम्बर समेत नभएको र सो पत्रनै गलत भएको र भ्रामिक प्रचारप्रसार गरेको भन्दै घोर भर्सना गर्दै नेपाल विद्यार्थी संघ नवलपरासीमा सभापतिको पद रिक्त नभएकोले गर्दा विद्यार्थीहरुलाई भ्रामिक प्रचारप्रसारको पछि नलागि आ-आफ्नो काममा अघि बढ्नको लागि पनि जिल्ला सभापति दधिराम पौडेलले आग्रह गर्नु भएको छ । त्यस्तै नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका केन्द्रिय उपाध्यक्ष एवम नेपाल विद्यार्थी संघ प्रदेश न ५ का संयोजक प्रकाश रानाको हस्ताक्षर पत्र अनुसार मिति २०७४ माघ ३ गते नै नेपाल विद्यार्थी संघ जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सभापति पदमा दधिराम पौडेललाई तदर्थ समितिका सभापतिको जिम्मेवारी दिएको देखिन्छ ।

 मिति २०७४ चैत ७ गते आएको नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका केन्द्रिय उपाध्यक्ष पवन यादवको हस्ताक्षर गरिएको पत्रको पछी नलाग्न र भ्रामक प्रचारप्रसार नलागी नेपाल विद्यार्थी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला कार्यसमितिका सभापति दधिराम पौडेललाई नै सभापतिको रूपमा मानी बलियो काङ्ग्रेसका लागि शसक्त नेपाल विद्यार्थी संघ निर्माण गर्नका लागि नेपाल विद्यार्थी संघको स्थानीय तहमा संगठन बिस्तार कार्यमा तिब्र रूपमा लाग्नको लागि नव गठित नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बर्दघाट सुस्ता पश्चिमका पदाधिकारीहरु र विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघ केन्द्रिय समितिका उपाध्यक्ष एवम नेपाल विद्यार्थी संघ प्रदेश न ५ का संयोजक प्रकाश रानाले निर्देशन पनि गर्नु भएको छ । साथै केन्द्रिय उपाध्यक्ष एवम नेपाल विद्यार्थी संघ प्रदेश न ५ का संयोजक रानाले गलत रूपमा सार्वजनिक संजालहरुमा नेपाल विद्यार्थी संघको बिधान बिपरित कार्य गर्ने नेपाली विद्यार्थीहरुको नेपाल विद्यार्थी संघको साधारण सदस्य समेत नरहने गरि कारबाही समेत गर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो