२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो पटक दलितहरु मन्दिरमा प्रबेश

२०७४, १० चैत्र शनिबार ०५:२६

टेकबहादुर शाही | चैत्र १०, डोल्पा | डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकको टाँके डाँडोमा अवस्थित प्रशिद्द बालात्रिपुरा सुन्दरी भगवतीको मन्दिरमा मन्दिर पहिलो पटक डोल्पाका दलितले मन्दीरमा प्रबेश गरि पुजा गरेका छन । मन्दीर निमार्णकै ईतिहासमा पहिलो पटक दलितहरुले सामुहिक रुपमा प्रबेश गरि पुजा गरेका हुन ।

पौरार्णिक ग्रन्थ अनुसार बि सं १११४ भन्दा अघि निमार्ण गरिएको ईतिहास रहेको पुजारीहरु बताउछन । मध्यपश्चिमकै प्रशिद्द धार्मिक पीठ मानिने त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा डोल्पाका दलितहरुले झण्डै ९ सय ६० वर्ष पछि सामुहिक रुपमा मन्दिर प्रबेश गरेका छन ।


पटक पटक मन्दिर प्रबेशमा असफल हुदै आएका डोल्पाका दलितहरुले पहिलो पटक मन्दीरमा सामुहिक रुपमा पुजा गर्न पाएको स्थानीय मनबहादुर सार्कीले बताए । डोल्पो दलित सशक्तिकरण केन्द्र,वातावरणीय कृषि तथा बिकास केन्द्र (केड)का लिला टमटा निकै ठुलो प्रयास पश्चात सामुहिक रुपमा मन्दीरमा पुजा गराइको बताए । मन्दीरसगै जोडिएको दलित बस्तिका दलितले कहिले पनि मन्दीर भित्र गएर पुजा गर्न भने पाएका थिएनन । 

गैह्र दलितहरुले मात्र प्रबेश पाउने गरेको डोल्पाको बालात्रिपुरासुन्दरी भगवती मन्दिरमा पहिलो पटक मन्दिर प्रबेश गरेर उपल्लो जातका मन्दिरका पुजारीबाट टिका अक्षता जलप्रसाद ग्रहण गर्न पाउदा डोल्पाको दलित आन्दोलनको अभियानमा थप हौसला प्राप्त भएको त्रिपूराकोटका दलितहरुको दावी रहेको छ ।

डोल्पामा ८० प्रतिशत छुवाछुतको भयवह अवस्था कायमै भएको अवस्थामा मठमन्दिरमा सामुहिक रुपमा दलितहरुले प्रबेश गरेर पुजा गर्दा दलित मुक्ति आन्दोलनको गतिलो सन्देश दिन सफल भएको अन्तरपाटि महिला सञ्जालकी अध्यक्ष काली चलाउनेले बताइ ।उनले भनिन अब कुनै पनि दलितले मन्दीरमा पुजा गर्नबाट बञ्चीत हुनु पर्ने अबस्था आउदैन यदि त्यसो भएमा कारवाही हुन्छ अब स्थानीय सरकार आइ सक्यो ।  


दलित उपल्लो जाती जो सुकैलाई काट्दा रगत एउटै आउने भएकाले बिचार र दृष्टिकोणको अभावमा जातीय बिभेद हुन गइरहेकोले हो । उपल्लो जातले दलितहरुलाई हेर्ने र गर्ने ब्यवहार र बिचारमा परिवर्तन ल्याउन सक्नु र दलितहरुले पनि आफ्नो ब्यवहारमा परिवर्तन ल्याउनु पर्ने ६० वषीया हैता सार्कीले बताइन ।

स्थानीय दलित अगुवा मनबहादुर सार्कीले ०६४ असोज २८ गते बिजयादशमीको दिनमा पहिलो पटक आँशिक रुपमा मन्दिर प्रबेशको प्रयास गरेपनि सफल नभएको र यस पटक नेपालको संबैधानिक कानुनले दिएको अधिकारलाई उपयोग गर्दै नागरिक अगुवाको नेतृत्वमा २२ जना दलितले मन्दिर प्रबेश गर्न सफल भएको बताए ।

सार्वजनिक मठ मन्दिर धारापधँेरा र कार्यक्रममा कोही कसैलाई जातीयताको आधारमा बिभेद गर्न कानुनत दण्डनीय मानिने नेपालको संबिधानमा उल्लेख भएपनि डोल्पामा अझै पनि ८० प्रतिशत भन्दा बढि छुवाछुतको अवस्था कायमै छ । मन्दीरमा अजै पनि दलितहरु जादैनन भने शिक्षितहरुले नै दलितलाइ आफनो घरमा छुवाछुतमा नै राखेका छन । 

गाउँघरमा हुने गरेका जातीय बिभेदका घटनाहरु पनि पहुचवालाको र राजनीतिक आस्थाका आधारमा मिलापत्र गरिने र कानुनी दायरामा नल्याइदा पनि जातीय बिभेदले प्रशय पाउने गरेको मानवअधिकारवादीहरुको भनाई छ । डोल्पाको इतिहासमा हाल सम्म दुई ओटा जातीय बिभेदका घटना कानुनी दायरामा आएको तथ्याँक भएपनि मिलापत्रमै टुँगिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी