८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिने’

१० चैत्र २०७४, शनिबार १५:४८

चैत १०, काठमाडौँ | सरकारले काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । 

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि डिपिआर तयार गर्ने काम शुरु भइसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पाँच वर्षभित्र सातै प्रदेशमा प्रदेशस्तरीय आधुनिक सुविधासम्पन्न रंगशालाको निर्माण गरिनेछ ।” 

त्यस्तै, महानगर, नगरपालिका तथा वडा स्तरमा पनि स्थानीय तहसम्म खेलमैदान तयार पार्ने तथा त्यसका लागि चाहिने भौतिक पूर्वाधार तयारी गर्ने कामका लागि सरकार लाग्ने मन्त्री विश्वकर्माले बताउनुभयो । 

सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्ने र उक्त प्रतियोगिता सम्पन्न गर्न ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभयो । त्यस्तै, आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पनि समयमा सम्पन्न गर्ने उहाँको भनाइ थियो । 

उहाँले विगतका दिनमा प्रतिकूल वातावरणका बीचमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने तथा क्षमता विकास गर्ने खेलाडीको योगदानको सरकारले कदर गर्ने चर्चा गर्नुभयो । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता