२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्जिबको पहिलो गीत ‘देखेर तिमीलाई’ बजारमा (भिडियोसहित)

११ चैत्र २०७४, आईतवार ०६:०६

चैत्र ११, काठमाडौं । प्रवासमा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय हुने स्रष्टा धेरै छन् । यो संख्यामा अझ युवापुस्ताको संख्या उल्लेख्य छ । युएई, दुबईमा विगत पाँच वर्षदेखि बस्दै आएका डब्लुडिएनवाई सन्जिबको पहिलो गीत ‘देखेर तिमीलाई’ बजारमा आएको छ |

सन्जिबकै स्वर तथा शब्द र कमल थापाको संगीत छ । सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका पललाई गीतमा प्रस्तुत गरिएको छ ।

फोटोग्राफर कमल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ । हिप हप र्याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले फिचरिङ गरेका छन् । रेबिका पनि केहि वर्षदेखि युएईमा रहदै आएकी छिन् । 

यसरी बन्यो गीत र भिडियो 

गायक सन्जिबका अनुसार उनी केहि समय पहिले फ्राईडे मनाउन संगीतकार कमल थापासँग दुबईकै एक क्लब गएका थिए । क्लबमा एक सुन्दरी युवतीलाई देखेर यो गीतको शब्दहरु कोरिएको थियो । उनले यो गीत नेपाल आउँदा रेकर्ड गराएका थिए । म्युजिक एरेन्जर रोनी दाहालको सहयोगमा गीत रेकर्ड गरेपछि उनलाई यो गीतको भिडियो बनाउन इच्छा जाग्यो । तर आफुले चाहेजस्तो भिडियो बनाउन सक्ने दुबईमा कोहि भेटेनन् । यसैक्रममा घुमघामको सिलसिलामा दुबई पुगेका ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठसँग उनको भेट भयो र अन्ततः उनले चाहे जस्तो म्युजिक भिडियो निर्माण भयो ।

कमल श्रेष्ठ, नेपालका चर्चित फोटोग्राफर हुन् । उनले दर्जनौ नेपाली तथा विदेशी मोडल तथा अभिनेत्रीहरुको फोटो सेसन गरिसकेका छन् । फोटोग्राफीसँग सँगै उनी ग्राफिक डिजाईन र भिडियो सम्पादनमा पनि उत्तिकै लगाब राख्छन् । उनले थुप्रै गायकगायिकाको एल्बम कभर डिजाईन तथा म्युजिक भिडियो छायांकन गरिसकेका छन् । एक दशक अगाडि नै उनले अड्रियन प्रधान, सबिन राई, बबिन प्रधान, सत्यकला राई, वृन्दा सिंह लगायतका गायक गायिकाको म्युजिक भिडियोसमेत छायांकन गरिसकेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा