Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्जिबको पहिलो गीत ‘देखेर तिमीलाई’ बजारमा (भिडियोसहित)

२०७४, ११ चैत्र आईतवार ०६:०६

चैत्र ११, काठमाडौं । प्रवासमा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय हुने स्रष्टा धेरै छन् । यो संख्यामा अझ युवापुस्ताको संख्या उल्लेख्य छ । युएई, दुबईमा विगत पाँच वर्षदेखि बस्दै आएका डब्लुडिएनवाई सन्जिबको पहिलो गीत ‘देखेर तिमीलाई’ बजारमा आएको छ |

सन्जिबकै स्वर तथा शब्द र कमल थापाको संगीत छ । सुन्दर युवतीलाई देखेपछि कल्पना गरेका पललाई गीतमा प्रस्तुत गरिएको छ ।

फोटोग्राफर कमल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ । हिप हप र्याप शैलीको गीतको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरले फिचरिङ गरेका छन् । रेबिका पनि केहि वर्षदेखि युएईमा रहदै आएकी छिन् । 

यसरी बन्यो गीत र भिडियो 

गायक सन्जिबका अनुसार उनी केहि समय पहिले फ्राईडे मनाउन संगीतकार कमल थापासँग दुबईकै एक क्लब गएका थिए । क्लबमा एक सुन्दरी युवतीलाई देखेर यो गीतको शब्दहरु कोरिएको थियो । उनले यो गीत नेपाल आउँदा रेकर्ड गराएका थिए । म्युजिक एरेन्जर रोनी दाहालको सहयोगमा गीत रेकर्ड गरेपछि उनलाई यो गीतको भिडियो बनाउन इच्छा जाग्यो । तर आफुले चाहेजस्तो भिडियो बनाउन सक्ने दुबईमा कोहि भेटेनन् । यसैक्रममा घुमघामको सिलसिलामा दुबई पुगेका ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठसँग उनको भेट भयो र अन्ततः उनले चाहे जस्तो म्युजिक भिडियो निर्माण भयो ।

कमल श्रेष्ठ, नेपालका चर्चित फोटोग्राफर हुन् । उनले दर्जनौ नेपाली तथा विदेशी मोडल तथा अभिनेत्रीहरुको फोटो सेसन गरिसकेका छन् । फोटोग्राफीसँग सँगै उनी ग्राफिक डिजाईन र भिडियो सम्पादनमा पनि उत्तिकै लगाब राख्छन् । उनले थुप्रै गायकगायिकाको एल्बम कभर डिजाईन तथा म्युजिक भिडियो छायांकन गरिसकेका छन् । एक दशक अगाडि नै उनले अड्रियन प्रधान, सबिन राई, बबिन प्रधान, सत्यकला राई, वृन्दा सिंह लगायतका गायक गायिकाको म्युजिक भिडियोसमेत छायांकन गरिसकेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित