2026-09-13 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपा नेताद्वारा सरुवा गराउँछु भनेर यौन शोषण !

चैत १२, धनुषा । राजपा नेताले सरुवा गराउँछु भनेर यौन शोषण गरेको एक स्वास्थ्यकर्मी महिलाले आरोप लगाएकी छन् । 

यसरी आरोप लगाउने निशाले झा हुन् । उनी धनुषाको बनिनियाँ हेल्थपोष्टमा कार्यरत स्वास्थ्यकर्मी पनि हुन् । उनको आरोप अनुसार राजपाका नेता रमन सिंहले सरुवा गराइदिन्छु भन्दै आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर भागेका थिए । 

नेता सिंहले यौन शोषण गर्नु अघि ठगीको आरोपमा निशा जेल परेकी थिइन् । जेलबाट छुटेपछि पूर्व चिनजान भएका रमनले राजपा नेता राजेन्द्र महतोलाई भेटाउँछु भन्दै काठमाडौं ल्याएको भन्दै उनले भनिन्, ‘त्यसपछि उनले दुर्व्यहार र शोषण गरे ।’  निशाको अनुसार सिंहले राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको निवासमा तीन पटक लगेर भेट समेत गराएका थिए । महतोले सरुवा मिलाईदिने आश्वासन दिएको र एक महिना पछि आउनु भनेको ति महिलाले उल्लेख गरेकी छन् ।

निशा झाको दाबी अनुसार राजपा केन्द्रीय सदस्य रमन सिंहले प्रलोभन देखाएर यौन शोषण गरेका हुन् । नेता रमनले आफ्नो सञ्चयकोषमा भएको रकम समेत लगेको उनको दाबी छ । तर, रमन सिंहले भने निशाले महतोलाई भेटेर सरुवाबारे कुरा गरेको भएपनि आफूले नलगेको दाबी गरेका छन् । निशा र रमनले एक अर्काविरुद्ध धनुषा प्रहरीमा उजुरी दिएका छन् । निशाले ६ लाख लगेर ठगेको भन्दै रमनले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन् भने निशाले ‘सरुवा गराउँछु’ भनेर यौन शोषण गर्नुका साथै रकम लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन