२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अंकले घट्यो शेयर बजार

२०७४, १२ चैत्र सोमबार १०:५३

चैत १२, काठमाडौँ | धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । 

बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । 

बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज रु ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ । 

आज कूल १५७ कम्पनीको १५ लाख ५८ हजार ८०४ कित्ता शेयर खरिद बिक्री भएको स्टकले जनाएको छ । कूल ५२ बिन्दुले बजार ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १६८ बिन्दुमा आइपुगेको छ । यो पछिल्लो दुई वर्षकै सबैभन्दा न्यून बिन्दु हो । 

आज ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.७६ बिन्दुले आरोलो लागेर २४९.६५ बिन्दुमा पुगेको छ । आज बैंकिङ ४१.९८, होटल ८१.३४, विकास बैंक ५१.२७, जलविद्युत् ६९.४९, फाइनान्स ४.७२, बीमा ३८३.९२ उत्पादन समूह ६०.९५, अन्य २१.९४ र माइक्रोफाइनान्स ७५.५२ बिन्दुले ओरालो लागेको छ । 

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारको तर्फबाट बजारको बारेमा सकारात्मक पहल आवश्यक भएको बताउनुभयो । धितोपत्र बजारमा आएको कमीका बारेमा जानकारी दिँदै उहाँले शेयर बजारका लगानीकर्ता ठूलो मारमा परेको भन्दै सरकारको तर्फबाट सकारात्मक पहल जरुरी रहेको बताउनुभयो । 

जिम्मेवार निकायमा रहेका व्यक्तिले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने भन्दै उहाँले अनावश्यक हल्ला र बजार प्रभावित पार्ने काम कोही कसैले पनि गर्न नहुने स्पष्ट पार्नुभयो । रौनियारले अनलाइन कारोबार, वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लाबाट कारोबार गर्न पाउने व्यवस्था गरिए कारोबार बढ्ने र लगानीकर्तामा समेत विश्वास पैदा हुने सुझाव दिनुभयो । 

इन्भेष्टर्स फोरमका अर्का सदस्य केशव भण्डारीले लगानीकर्ता नराम्ररी प्रभावित भएको बताउनुभयो । सरकारले लगानीकर्ताको भावना सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उहाँले विद्यार्थी, गृहिणी, सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीले गरेको सानो सानो लगानीको पनि सुरक्षा जरुरी रहेको बताउनुभयो । 

बजारमा करीव १५ लाख लगानीकर्ता रहेको इन्भेष्टर्स फोरमले दाबी गरेको छ । बजार परिपक्व नभएका कारण सानोतिनो हल्ला र प्रभावले बजार प्रभावित हुने भएकाले त्यसतर्फ ध्यान दिन लगानीकर्ताले आग्रह गरेका छन् । 

बजारमा बैंक तथा वित्तीय क्षेत्रको चाप परेको छ, ब्याजदरमा परिवर्तन भएको, हकप्रद, बोनस शेयरको समेत चाप परेका कारण बजार प्रभावित भएको छ । बजार निरन्तर ओरालो लाग्दा साना लगानीकर्ता मारमा परेको उनीहरुको टिप्पणी छ । आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले मुनाफा गरेका छन् भने राष्ट्रिय बीमा कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने