२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा इयु निर्वाचन प्रतिवेदनको विरोध

२०७४, १२ चैत्र सोमबार ११:१८

चैत १२, काठमाडौँ | प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ । 

बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी इयुले प्रतिवेदन जारी गरेको भन्दै आपत्ति जनाउनुभयो । 

उहाँले भन्नुभयो, “कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हँुदैन । नेपाल लोकतन्त्रमा विश्वास गर्ने राष्ट्र हो ।” 

नेपाल अन्तरराष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेख भएअनुसार अन्तरराट्रियस्तरमा राम्रो सम्बन्ध राख्न चाहन्छ भन्दै उहाँले नेपालको संविधान समानुपातिक समावेशीताको दृष्टिकोणबाट कुनै पनि देशको भन्दा कम नरहेको दाबी गर्नुभयो । 

संविधानसभाबाट लेखिएको संविधानलाई समानुपातिक समावेशीताको अभ्यासद्वारा समृद्ध मुलुक बनाउने अभियानमा नेपाल रहेको बताउँँदै सांसद रावलले भन्नुभयो, “अप्ठ्यारोमा परेका बेलामा मित्र राष्ट्रहरुले हाम्रो देशमा सहयोग गर्न सक्नुहुन्छ तर, संविधान, सार्वभौमसत्तालाई आघात पु¥याउने काम गर्नु गलत हो ।” 

बैठकमा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नं ४ मा गत शनिबार आगलागीबाट भएको क्षतिको बारेमा जानकारी गराउँदै तत्काल राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विपद्मा जनताको जीवन र सम्पत्ति रक्षाका लागि विशेष व्यवस्था गर्न संसद्मार्फत सरकारसँग माग पनि गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाल सार्वभौम राष्ट्र भएको र आन्तरिक मामिलामा कसैले गरेको हस्तक्षेप सह्य नहुने बताउनुभयो । उहाँले इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अपमानजनक भएको पनि बताउनुभयो । 

राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्णले मधेशी, थारु र मुस्लिमलगायत अल्पसंख्यक जनता अझै विभेदमा रहेको बताउँदै समानुपातिक समावेशी व्यवस्थामा रहेका कमजोरी सच्याई कार्यान्वयनमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठले नेपालले बाह्य हस्तक्षेप नस्वीकार्ने बताउनुभयो र नेपालको संविधान संघीयता, गणतन्त्र, र समानुपातिकको मामिला हिजोको भन्दा एक कदम अघि रहेको दाबी गर्नुभयो । 

नेपाली काँग्रेसका प्रदीप गिरीले संविधान जारीपछि नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । संविधान कार्यान्वयनमा आउने सबै खालका चुनौतीको सामना गर्नुपर्ने उहाँको भनाइ थियो । 

माओवादी केन्द्रका शशी श्रेष्ठले मुलुकभर महिला हिंसाका घटना बढिरहेको भन्दै यस्ता खालका घटना नियन्त्रण गर्न देवानी र फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

सोही पार्टीका सुदन किरातीले सीमा क्षेत्रमा नेपालीले आवतजावत गर्दा भोग्नुपरिरहेका कष्टप्रति सरकारको ध्यानाकर्षण गर्नुभयो । 

एमालेका विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा संसद्मा छलफल हुनुपर्ने बताउनुभयो । बैठकमा नियमापत्ति गर्दै उहाँले यो भनाइ राख्नुभएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा