४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्प पुनःनिर्माणमा ढिलाइ गरेको छानविन गरि कारवाही प्रक्रिया अघि बढाउने निर्णय

१२ चैत्र २०७४, सोमबार १४:५८

–पूर्णप्रसाद मिश्र | चैत १२, काठमाडौँ (रासस) | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लुमन्ती नामक गैरसरकारी संस्थाले सम्झौताविपरीत कम घर बनाएकाले छानविन गरी कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । 

प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले यस्तो निर्णय गरेको हो । लुमन्तीले सम्झौताविपरीत कम घर बनाएको, मापदण्ड नपु¥याई घर बनाएको र पत्र लेख्दा वेवास्ता गरेकाले कारबाही गर्ने तयारी भएको हो । सम्झौतानुरुप काम नभएको गुनासो आएपछि प्राधिकरणले स्थलगत रुपमा अनुगमन समूह पठाउने तयारी गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिनुभयो । 

प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय ललितपुरका सूचना अधिकृत प्रकाश पोखरेलले लुमन्तीले ६४६ घर पुनःनिर्माणको सम्झौता गरेकामा प्राधिकरणको यो तथ्याङ्कसँग संस्थाको अभिलेख नमिल्ने बताउनुभयो । लुमन्तीका कार्यक्रम व्यवस्थापक लुमन्ती जोशीले भने जिल्लामा ७१० घर पुनःनिर्माणको सम्झौता प्राधिकरणसँग गरिएको जिकिर गर्नुभयो । हालसम्म ४५० घर पुनःनिर्माण भइसकेको र बाँकी घर बनाउने काम भइरहेको उहाँको भनाइ थियो । आगामी वर्ष मङ्सिरसम्म सबै पुनःनिर्माण हुने संस्थाले जनाएको छ । प्राधिकरणसँग सम्झौता हुँदा रु दुई लाख अनुदान दिने व्यवस्था भएकामा पछि रु एक लाख बढाइएपछि पुनःनिर्माणमा केही ढिलाइ भएको कार्यक्रम व्यवस्थापक जोशीले स्वीकार्नुभयो । 

गैरसरकारी संस्थालाई भूकम्पपीडितका लागि नक्शा बनाइदिने, स्थल पहिचान गर्ने तथा निर्माण योजना आदिको निःशुल्क सेवा दिन आह्वान गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । निजी परामर्शदातृ संस्थाले नक्शा पासका लागि महँगो शुल्क लिने गरेकाले स्थानीय तहलाई नक्शा पास तथा सडकको अधिकार क्षेत्रका लागि सहजीकरण गर्न निर्देशन दिने निर्णय पनि गरिएको पनि प्रवक्ता भुसालले बताउनुभयो । 

भूकम्पअघिदेखि नै एउटै घरमा बसी आएका एकभन्दा बढी परिवारले संयुक्त रुपमा जग्गाधनी पूर्जा बनाई सम्झौता गर्न आएमा संयुक्त आवासको प्रक्रियामा लैजाने निर्णय पनि प्राधिकरणले गरेको छ । त्यस्ता लाभग्राहीलाई बहुस्वामित्वको लाभग्राही मानी एउटै घर बनाउन मिल्ने गरी सम्झौता गरेर अनुदान वितरण गरिनेछ । 

गुठी जग्गामा बसेका भूकम्पपीडितलाई सम्बन्धित गुठीसँग सम्पर्क गरी पुनःनिर्माणका लागि निस्सा माग गरिने भएको छ । गुठी जग्गाको बक्यौता कुतको ब्याजमा छुट गरिदिन र धेरै मात्रामा कुत बाँकी भएमा किस्ताबन्दीमा लिने व्यवस्था गरी सहजीकरण गरिदिन प्राधिकरणले गुठी संस्थानसँग अनुरोध गरेको छ । 

पुनःनिर्माण लाभग्राहीको सूचीबाट प्रबलीकरणको सूचीमा सूचीकृत हुन चाहनेको संख्या बढ्न थालेको छ । बैंकहरूले सरकारबाट प्राप्त अनुदान समयमा भुक्तानी नगरेको, अधिकांश बैंकले सहुलियतको व्याज नदिएको तथा ऋण प्रवाहको प्रक्रियाका बारेमा नागरिक बडापत्र पनि नराखेका कारण लाभग्राही अन्योलमा पर्ने गरेका छन् । यस्ता बैंकलाई सचेत गराउने निर्णय पनि प्राधिकरणले गरेको छ । 

पीडितलाई सहज र सरल तरीकाले तोकिएका बैंकबाट अनुदान र ऋण पाउने प्रबन्ध मिलाइने भएको छ । लाभग्राही सूचीमा परी हालसम्म अनुदान सम्झौता गर्न नआएका र पहिलो किस्ता लिई पुनःनिर्माण शुरु नगरेकालाई एकभन्दा बढी घर हुनसक्ने भएकाले अनुदान फिर्ता गर्न आह्वान गर्ने निर्णय गरिएको छ । 

अनुदान सम्झौता गर्न नआउने र पहिलो किस्ता लिएर पनि पुनःनिर्माण शुरु नगर्नेले रकम फिर्ता नगरेमा सरकारी बाँकीसरह उठाइने प्रवक्ता भुसालले बताउनुभयो । पहिलो किस्ता लिई पुनःनिर्माण शुरु नगर्ने लाभग्राहीको नामावली सम्बन्धित स्थानीय तहलाई वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्न लगाइने निर्णय पनि प्राधिकरणले गरेको छ । घर नबनाएमा नक्कली लाभग्राही ठानी अनुदान फिर्ताको प्रक्रिया अघि बढाइने छ । 

प्राविधिकलाई आवश्यक पर्ने सामग्री यही चैत मसान्तसम्म खरीद गरिसक्ने प्राधिकरणले जनाएको छ । आवश्यक मात्रामा प्राविधिक र तस्वीर खिंच्न आवश्यक सानो कम्प्युटर शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई व्यवस्था गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ । 

स्थलगत रुपमा खटिएका प्राविधिकले काम नगर्ने भएर मर्मतका लागि पठाएका ३०० सानो कम्प्युटर यही चैत २० भित्र फर्काउन पनि प्राधिकरणले शहरी विकास मन्त्रालयको एकाइलाई सूचित गराएको छ । स्थानीय तहका जनप्रतिनिधि भूकम्पपीडितका समस्याप्रति संवेदशील हुन नसकेका विषयमा पनि बैठकमा छलफल भएको प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता