२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित)

२०८१, ७ कार्तिक बुधबार १२:०३

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन र संगठित अपराधको अभियोगमा पक्राउ गरेपछि, देशभरका रास्वपा नेता र कार्यकर्ताहरू पोखरामा भेला भएका छन्।

लामिछानेलाई शुक्रबार साँझ काठमाडौँमा पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो। उनी पक्राउ परेपछि रास्वपाका समर्थकहरूले पोखरामा लगातार प्रदर्शन गर्दै आएका छन्। यद्यपि, आन्दोलनले पोखरेली जनताको उत्साहजनक साथ नपाएको कारण, रास्वपाले नेता र कार्यकर्ताहरूलाई घरदैलो अभियानमा खटाएको छ।

बुधबार बिहानैदेखि पार्टी उपसभापति स्वर्णीम वाग्ले पोखराको मासबार क्षेत्रमा घरदैलो गरिरहेका छन् । कार्यवहाक प्रवक्ता मनिष झाले छोरेपाटन क्षेत्रका घरदैलोमा पुगेर पोखरेलीको साथ मागेको बताए ।

मंगलबार पनि उनीहरुले पोखराका विभिन्न स्थानमा पुगेर घरदैलो चाहारे । केन्द्रीय सदस्य डा. तोसिमा कार्की र रमेश प्रसाईं सराङकोट पुगे भने हरि ढकालले बिरौटा क्षेत्रमा डुलेका थिए । रास्वपाले १० समूह बनाएर घरदैलो गरेको हो ।

आन्दोलनमा सहभागी हुन अनुरोध गर्दै घरदैलो गरेको प्रवक्ता झाको भनाइ छ । ‘मान्छेहरुलाई अरु-अरु पार्टीले विभिन्न किसिमका भ्रमहरु छरिराछन् । त्यसलाई हामीले यर्थाथ यो हो है । हामी हाम्रो नेतालाई छुटाउन आको होइन । शुसासन, निष्पक्ष कानुनी पक्रिया, भ्रष्टाचार विरोध कुराका लागि आका हौं भनेका छौं’, उनले भने । उनले सबै नेता फरक फरक क्षेत्रमा खटिएको जानकारी दिए ।

यता, सहकारीका पीडित बचतकर्ताले भने रास्वपाका नेता घरदैलोमा आएर धम्काउने र प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा र सहकारी बचत पीडित संघ कास्कीले बुधबार विज्ञप्ति निकालेर रास्वपाको घरदैलोप्रति आपत्ति जनाएको हो ।

‘निष्पक्ष छानबिन र सहकारी पीडित बचतकर्तालाई न्याय दिनुपर्ने समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोलटोल र घरघरमा पुगी पीडितलाई भड्काउने गरेको काम प्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

रास्वपा सरकारमा हुँदा दुई वर्ष अगावै हारगुहार गर्दासमेत सहयोग नगरेको आरोप छ । अहिले आएर अनुसन्धानलाई प्रभावित पार्न खोजेको पीडितले निष्कर्ष निकालेका छन् ।

‘हाम्रो सहकारीको बचत र अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम दिनहुँजसो पोखरामा भइराखेका छन् । पार्टीका कार्यकर्ताद्वारा पीडित लखेटिएका छन्, पिटिएका छन् । विगत दुई वर्ष अगाडिदेखि यो पार्टी सरकारमा हुँदा या नहुँदा पार्टीका नेताहरुलाई हार गुहार गर्दा, कैयन पटक ज्ञापन पत्र बुझाउदा पीडितको समस्या समाधानका निम्ति विन्ती बिसाउँदा पनि कहिल्यै कुनै सरसहयोग नभएको कुरा छर्लङ्ग छ’, विज्ञप्तिमामर्फत आरोप लगाइएको छ ।

अगाडि थपिएको छ ‘ तर, आज पार्टी सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितका पैसा बोकी फिर्ता दिने हो कि जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति प्रकाउ परे तब घैंटोमा घाम लागेजस्तो देखीएको छ । यो विषयले हामी सहकारी पीडित झनै शसंकित भएका छौँ, आज हामी सहकारी पिडितको यो गम्भीर विषयमाथि फेरी एउटा पार्टी र त्यसका नेताले राजनिति गरेको अनुभूति भइराखेको छ ।’

रास्वपाको कदमको विरोधमा सहकारी पीडितले बिहीबार मुस्ताङचोकमा विरोध प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजे विरोधमा सहभागी हुन संघर्ष समितिले पीडित बचतकर्तासमक्ष आह्वान गरेको हो । बिहीबार नै पक्राउ परेका रास्वपा सभापति लामीछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइदैछ ।

गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित सहकारी अपचलनको मामलामा, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीसहित पाँचवटा सहकारीबाट करिब ६५ करोड रुपैयाँ अपचलन भएको ठहर संसदको छानबिन समितिले गरेको छ। यसै घटनामा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन्।

यस्तो छ विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ