2026-07-06 01:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु”

काठमाडौँ | पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट आफूले कुनै ऋण नलिएको स्पष्ट पारेका छन्। लामिछानेलाई सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरिएको थियो। सोमबार र मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको बयानका क्रममा लामिछानेले सहकारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको र आफूले ऋण नलिएको बताए।

उनले भने, “मेरो नाममा कुनै ऋण प्रवाह भएको छैन। सूर्यदर्शन सहकारीको सेयर सदस्य वा ऋणी म होइन। न त सहकारीको कुनै समितिमा मेरो सहभागिता छ।” लामिछानेले आफ्नो नामबाट गोर्खा मिडिया नेटवर्कको खातामा ऋणको निकासा भएको आरोप पनि अस्वीकार गरे।

गोर्खा मिडिया नेटवर्कका निर्देशक रहेका लामिछानेले ग्यालेक्सी फोरके टिभीमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्न अनुरोध आएपछि आफूले १ करोड ८० लाखको सेयर लिएको बताएका छन्। यो सेयर पारिश्रमिकको रुपमा कट्टा गर्ने सर्तमा लिएको उनको बयानमा उल्लेख छ।

लामिछानेले गोर्खा मिडियाको आर्थिक कारोबार गितेन्द्रबाबु (जीबी) राईले गर्ने गरेको बताए। उनले थपे, “सहकारीबाट ऋण लिने, हिनामिना गर्ने वा अपचलनमा म संलग्न छैन। जब मैले कम्पनी छोडें, कुनै रकम पनि लिएको छैन।”

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड रुपैयाँ अवैध रूपमा आएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको थियो। यसै प्रकरणमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीलाई पनि पक्राउ गरिएको छ।

लामिछानेको गिरफ्तारीपछि रास्वपाका समर्थकहरूले पोखरा लगायत देशका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन्। उनीहरूले निष्पक्ष छानबिन र भ्रष्टाचारविरुद्धको आन्दोलनका रूपमा यो मुद्दालाई अगाडि बढाइरहेका छन्।

संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न र छानबिनलाई प्रभावित नगर्न पीडित पक्षले चेतावनी दिएको छ भने सहकारी पीडितहरूले यस विषयमा न्यायको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा