2026-07-24 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकबाट फेलापर्यो मुख्यमन्त्रीको हराएको घोडा

एजेन्सी | ५ महिनाअघि हराएको मुख्यमन्त्रीको घोडा फेसबुकको माध्यमबाट फेला परेको छ । घटना भारतको हो ।

पञ्जाबका मुख्यमन्त्री हरचरण सिंह बराडको झण्डै १० लाख भारु मूल्य पर्ने घोडा ५ महिना अघि हराएको थियो । मुख्यमन्त्रीकी बुहारीको घोडा फार्ममा उक्त घोडा राखिएको थियो । तर त्यहाँबाटै अचानक उक्त घोडा हरायो ।

तर एकदिन मुख्यमन्त्रीका छोरा तेगवीर सिंहले फेसबुक पेजमा आफ्नो हराएको घोडाको तस्वीर देखे । चण्डीगढस्थित एक हर्स राइडिंग स्कुलले आफ्नो वेबसाइटमा उक्त घोडाको तस्वीर शेयर गरेको थियो । त्यसपछि उक्त स्कुलका सञ्चालकलाई आफ्नो घोडा फिर्ता गर्न आग्रह गरियो र स्कुलले मुख्यमन्त्रीको घोडा फिर्ता गर्यो ।

चेमपन्स पिक नश्लको उक्त घोडा आफ्नो फार्मभन्दा २३५ किलोमिटर टाढा स्कुलमा फेला परेपछि कसरी घोडा त्यहाँ पुग्यो भन्ने आश्चर्य पैदा भएको छ । तर यसबारेमा मन्त्रीका पुत्रले केही खुलासा गर्न चाहेका छैनन् । आफूले घोडा कसरी र कसले त्यहाँ पुर्यायो भनेर खोतल्न नचाहेको भन्दै उनले घोडा फिर्ता गरेकोमा धन्यवाद दिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक