२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई देखियो यस्तो समस्या

१४ चैत्र २०७४, बुधबार ०९:३९

चैत १४, काठमाडौँ | मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ । 

चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो । 

स्वास्थ्य जाँचमा खटिनुभएका थापाथली प्रसूतिगृहका नर्स मोनिका गहतराले मनोरञ्जनका क्षेत्रका महिलालाई मानसिक तनाव, महिनावारी गढबढी, योनीबाट सेतोपानी जाने, पिसाब पोल्नेलगायतका समस्या देखिएको जानकारी दिनुभयो । “जाँच गराएका ४२ महिलामध्ये २२ जनालाई पाठेघरको समस्या, आठ जनालाई मानसिक तनाव र ११ जनालाई ग्याष्ट्रिकको लक्षण देखिएको छ,”– उहाँले भन्नुभयो । 

क्याप नेपालले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा बालिकाका लागि निःशुल्क मनोसामाजिक परामर्शसमेत दिएको छ । मनोविद् सनम पौडेलले मनोरञ्जन क्षेत्रका महिलालाई रातको समयमा निद्रा नलाग्ने, भविश्यको चिन्ता गर्ने, समाजबाट जोगिएर काम गर्नुपर्ने, बच्चाबच्चीको चिन्ता गर्नेलगायतका समस्या देखिएको बताउनुभयो । 

क्याप नेपालका अध्यक्ष फरिन ठकुरीले मनोरञ्जनका क्षेत्रका काम गर्ने महिलालाई पुरानो भोगाइलाई बिर्सेर नयाँ काम गर्नतर्फ हौसला प्रदान गर्नका लागि मनोसामाजिक परामर्श तथा स्वास्थ्य परीक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो । उपत्यकाको नयाँ बसपार्क, कोटेश्वर, ठमेल र उपत्यका बाहिर सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुरमा यस्तो परामर्श तथा स्वास्थ्य परीक्षण सञ्चालन गरिएको उहाँको भनाइ थियो । 

पन्ध्र वर्षदेखि निरन्तर महिला र बालिकाको हकअधिकार तथा श्रम संरक्षणको क्षेत्रमा काम गरेको क्याप नेपालले समस्यामा परेका २२ महिलालाई सेल्टर स्थापना गरेर संरक्षण दिँदै आएको कार्यक्रम व्यवस्थापक अभिषेक थापाले जानकारी दिनुभयो । 

नयाँ बसपार्कस्थित महानगरीय प्रहरी प्रभागले दिएको जानकारीअनुसार गोँगबु क्षेत्रमा ४० वटा डान्स तथा दोहोरी सञ्चालनमा छन् । प्रभागका प्रमुख प्रताप पौडेल मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको स्वास्थ्य तथा हकअधिकारका लागि क्याप नेपालले राम्रो कामको थालनी गरेको बताउनुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य