चैत १४, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले मुगुको रारा तालबाट बैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने हुनु भएको हो ।
नेपाल ट्रेड यूनियनमहासंघ (जिफन्ट) को ७ महाअधिवेशनको आज राजधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।
“कर्णालीप्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्रीओलीले भन्नुभयो “राराबाट यसपालीपर्यटनको बिगुलबजाइनेछ ।” समृद्ध नेपालको मुख्यआधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने माप्रधानमन्त्रीको जोड छ ।
प्रधानमन्त्रीओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताउनुभएको छ । “यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ” प्रधानमन्त्रीओलीले भन्नुभयो “यो सरकारले नेपाल बनाउछ। केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरयाण्ड जस्तो भन्नेछन् ।”
प्रधानमन्त्रीओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताउनुभएको छ । तर हत्या,हिंसा,चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । “सरकार जनताको सेवक हो । कसैलाई दमनगर्दैन तर जनतालाई दुःखदिने,आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।”
प्रधानमन्त्री ओलीले महासंघले राष्टिकय राजनीतिमा ठुलो प्रभावनपारे पनि उसका बिचारले राजनीति प्रभावित भएको बताउनुभएको छ । “समाजको गरिखाने बर्गलाई अधिकार दिलाउने,उनीहरुको उत्थानगर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ”प्रधानमन्त्रीओलीले भन्नुभयो “अहिलेको सरकारको प्राथमिकता पनि त्यहीहो ।”