Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बर्दिवासका किसानलाई बाली थन्क्याउने चिन्ता

२०७४, १५ चैत्र बिहीबार ०९:०२

चैत १५, बर्दिवास | चैतेबाली धमाधम काटिन थालेपछि महोत्तरीको भंगाहा नगरपालिका–६ हतिसर्वा मदनपट्टीका किसान विष्णुनारायण राय थारु बाली थन्क्याउने चिन्ताले पिरोलिनु भएको छ । 

गहुँ, रहर, चना, मसुरोसहितका चैतेबाली धमाधम काटिन थालिएसँगै यी बाली कसरी सुरक्षित राख्ने कुराले थारुको पिरोलो बढेको हो । खासमा चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र रहरलगायत खाद्यान्न भण्डारण गर्न बनाइने माटाका कोठी अब बन्न छाडेपछि यस भेगका किसानलाई बाली सुरक्षित भण्डारण गर्नेबारे चिन्ता हुन थालेको छ । 

अन्नपात सुरक्षित भण्डारणका लागि घरघरमा बनाइने गरिएका माटाका कोठी बनाइन छाडिएपछि खासगरी धान र अन्य चैतेबाली सुरक्षित भण्डारणमा समस्या भएको किसानको भनाइ छ । ‘प्रत्येक घर÷घरमा माटाका कोठी (भकारी)मा बाली राखेपछि घुन लाग्दैनथ्यो’ बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ७५ वर्षीय बौएलाल यादवले भन्नुभयो–,“अब पुराना कोठी फुटेर गए, नयाँ बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ ।” 

लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ । ‘माटाका कोठीमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर न पोखिने चिन्ता ।” 

भंगाहा–४ थारुटोल बनराकी ६५ वर्षीया रामसुनरदेवी थारुले भन्नुभयो–“अब त घरमै आफै खान राखिने खाद्यान्न घुनबाट बचाउन पनि जानाजान विषादी मिसाउनपर्ने भयो ।” चामल, चना, रहर, गहुँ र मुसुरोजस्ता चाँडै घुन लाग्ने खाद्यान्न अब माटाका कोठी बन्न छाडेपछि विषादी मिसाएर राख्नु परेको उहाँ बताउनुहुन्छ । 

माटाका कोठीमा खाद्यान्न राखेर माटाकै ढक्कनले घ्याप्प छोपेपछि वषौंसम्म जस्ताको त्यस्तै रहन्छ । मिथिला क्षेत्रमा खासगरी थारु समुदायमा माटाका कोठी बनाउने कुरा कौशलको रुपमा लिने गरिन्छ । माटाका कोठी खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुनुका साथै यो बनाउने कुरा कौशल र थारु संस्कृतिसँग जोडिन्छ । 

माटाका कोठी बन्न छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा ओझेलमा परेको छ । कोठी बन्न छाडेपछि भंगाहा, धर्मपुर, भीमगढ, बखरी, मेघरोल, मझौलिया, बनरा, गोरहन्ना, हरखपुर, विशरपुर, पर्सा, निगौल र रजखोरसहितका बस्तीका बासिन्दा खाद्यान्न थन्क्याउन प्लास्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन् । 

धर्मपुर थारु बस्तीकी धनमती बछारले भन्नुभयो–, “अबका छोरी, बुहारीले यसौ सिकांै भन्ने चासो नै देखाउँदैनन् , अबका केही वर्षपछि त कोठी भनेर देखाउने कुरा के रहला र ?” माटोका कोठीमा राखिएका खाद्यान्न वर्षौवर्षसम्म सुरक्षित रहने, स्वाद नबिग्रने र स्वस्थ्यकर हुने भएकाले यो सीप प्रबद्र्धन गर्न यहाँका स्थानीय तहले चासो बढाउनुपर्ने औरही स्वास्थ्यचौकीमा कार्यरत अनमी कमला राईको धारणा छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै