Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत १५ गते, राति ९:१३ बजे अर्थ/विकास, काठमाडौँ - KTM, खोटाङ्ग - KTG

मन्दिरजस्तै मन सफा भए विकासले चाडो फड्को मार्छः मन्त्री अधिकारी

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा | चैत्र १५, खोटाङ | ‘मन्दिरजस्तै मन पनि सफा भए विकासले चाडो फड्को मार्ने’ संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताउनु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ र ५ मा अवस्थित कालिका भगवती मन्दिरमा पर्यटन प्रवर्धनका लागि बिहीबारदेखी शुरु भएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ उद्घाटन गर्नुहुदै मन्त्री अधिकारीले आज क्याबिनेटमा राष्ट्रपतीको सम्बोधन हुंदाहुदै कालिका भगवती मन्दिर पर्यटन प्रवर्धनका लागि समय निकालेर खोटाङ आएको बताए । ‘आफूमन्त्री भए पश्चात पर्यटकीय स्थल पोखरासम्म नगएको तर, कालिका भगवती मन्दिरले तानेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मन्दिर ब्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानिय सरकारसँग सहकार्य गरेर खोटाङको बिकास र संमृद्धिमा जोडदार लागि पर्ने बताए ।”

६÷६ महिनामा सरकार परिबर्तन हुंदै संक्रमणकालिन अवस्थामा मुलुक गुज्रदा सोचे सरह बिकास नभएको उल्लेख गर्दै स्थाई सरकार निर्माण भएको मुलुकमा अब गल्ती गरे एमाले, कांग्रेस, माओवादी लगायत जो कोहीलाई पनि नछोड्ने बताउँदै सबै मिलेर स्वाभिमानी र संमृद्ध देश बनाउनुपर्ने बताउनुभयो । हेलिकोप्टर मार्फत दिक्तेल आएका मन्त्री अधिकारीले पर्यटन प्रवर्धन मार्फत खोटाङ छोडेर अन्यत्र गएका खोटाङगेलाई समेत जिल्ला फर्कने वातारण बनाउन सबैलाई पहल गर्न सुझाव दिनुभयो ।

संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना मार्फत खोटाङलाई बिकास र संमृद्धिमा लानुपर्ने बताएका छन् । कार्यक्रममा सामाजिक अभियान्ता महेश रेग्मी, प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, मेयर दिपनारायण रिजाल, प्रजिअ एकदेब अधिकारी लगायतले पर्यटन प्रवर्धनका बारेमा सम्पुर्ण जिल्लाबासी लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रम उद्घाटन अगाडी दिक्तेलबजारको रत्नपार्कबाट विभिन्न जातजाती, भेषभुषा झाँकीसहित सयौको सहभागितामा कलश यात्रा लिएर ¥याली कालिका भगवती मन्दिर मझुवागढी पुगेको थियो ।

कालिका भगवती मन्दिर परिसर ब्यवस्थित र धर्मशाला निर्माणका लागि सम्पुर्ण खोटाङबासी मूल आयोजक समारोह समिति रहेको सप्ताह ज्ञान महायज्ञमा ९ जना मूल पण्डितले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, देविभागवत पाठ पारायण, चण्डी, लघु रुद्री, लक्षगायात्री, सामुहिक ब्रतबन्ध, दैनिक हवन, लक्षवर्तिका प्रज्वलन गर्ने  । मूल आयोजक समारोह समिति अध्यक्ष पदम प्रसाद आचार्यले जानकारी दिए ।

आगामी चैत्र २३ गतेसम्म सञ्चालन हुने धार्मिक तथा पर्यटकीय महोत्सवमा हजारौ भक्तालुजनहरुको उपस्थिती रहेको छ । पर्यटकीय स्थल मझुवागढीमा किरातीहरुको ऐतिहासिक गढी, बुधेश्वर महादेब गुफा, महादेवको बिश्रामस्थल तीनतले ढुंगा, अलौकिक शक्ति भएकी साक्षत मझुवा कालिका भगवती मन्दिर रहेको छ ।

माथिको तश्विरमा: संस्कृती तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी | तस्विर: चिसाङ शेर्पा / खोटाङ