2026-10-29 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घर-घरमा पुगेर उपचार गर्न डा. केसि डोल्पामा

टेक बहादुर शाही | चैत १६, डोल्पा | भौगोलिक रुपमा अति दुर्गम मानिने डोल्पा जिल्लामा घरघरमा पुगेर उपचार गर्न डक्टर गोबिन्द केसि डोल्पा पुगेका छन । माथिल्लो डोल्पाको धो तराप उपध्यकाकामा रहेका स्थानीयहरुलाइ हाडजोर्नि देखि अन्य चेकजाच गर्न आफु डोल्पा आएको हार्डजोर्नि बिशेषज्ञ केसिले जानकारी दिए । 

माथिल्लो डोल्पामा रहेका बृद्ध देखि अन्य बिरामीले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारि काम गर्नु पर्ने भएकोले हड्डी सम्बन्धी समस्या धेरै नै खेप्नु पर्ने भएकोले पनि आफुले माथिल्लो डोल्पाको धो नै रोजेको केसिले बताए ।उनले भने तिन दिनको शिबिर तय गरेको छु घरघरमा नै पुगेर बिरामीको उपचार गर्छु । 

करिब ४ हजार उचाइमा रहेको डोल्पो बुद्धगाउपालिकाको धोका स्थानीयलाइ घरैमा उपचार गर्ने लक्ष्याका साथ ६१ बर्षको उमेरमा माथिल्लो डोल्पा जान लागेको डक्टर केसिले जानकारी दिए । उनका अनुसार केहि औषधिहरु आफैले बोकेर ल्याएको र जिल्लामा रहेका स्वास्थ्यका कर्मचारीहरुको सहयोगमा ३ दिन सम्म बिरामी चेकजाच गर्ने बताए ।

हिमपात र चिसोको बिचमा पनि माथिल्लो डोल्पामा उपचार गर्न साहास गरेकोमा कुनै पनि सहयोग गर्न पछि नपर्ने स्थानीय अगुवा छिरिङफुर्वा गूरुङले प्रतिबद्धता गरे ।उनले भने स्वास्थय  क्षेत्रका सामान्य कर्र्मचारी नदेखेका स्थानीयले हार्डजोर्निका बिशेषज्ञ घरमै पाउदा भगवान नै पाएको अनुभुति गर्नेछन । 

डक्टर केसिलाइ भेट्न गएका नागरिक अगुवा,मानवअधिकार कर्मीहरु र पत्रकारहरुसंग कुरा गर्दै केसिले भने सरकारले बिशेष ब्यवस्था सहित गाउगाउमा चिकित्सक राख्नु पर्ने बताए । उनले भने स्थानीयलाइ नै अबसर दिएर सेवा दिए सबै भन्दा प्रभाबकारी हुने र जनताले सेवा पाउछन । 

चौथो पटक डोल्पा पुगेका केसि हिमाली र दुरदराजमा रहेका नागरिकको उपचार गर्न पाउदा निकै आनन्दको महसुस हुने भन्दै सरकारले सबै नागरिकलाइ समान सेवा प्रदान गर्नु पर्ने बताए । उनका अनुसार माथिल्लो डोल्पामा नागरिकले सरकारले दिने सेवा सुबिधाको जानकारी नै नपाएको र बञ्चितिकरणमा पारिएको दावी गरे । 

बिश्वको सबै भन्दा अग्लो स्थानमा रहेको उपत्यका धो हिमपातले सेताम्मे रहेको भए पनि आफु घरघरमा नै पुगेर उपचार गर्ने डक्टर केसिको दावी रहेको छ । उनि भन्छन मलाइ कुनै सख्यामा लक्ष्य पूरा गर्नु छैन मात्र बिरामीको उपचार गर्नु छ ढुक्क छु चेकजाच गरेरै आउछु । 

रेडियो पत्रपत्रिकार टेलिभिजनमा मात्र चर्चाका पात्र भन्ने सुनेका डोल्पाका स्थनीयहरुले डक्टर केसिसंग तस्वीर खिचाउदै सामाजिक सञ्जालमा प्रशंसा गरेका छन ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम