८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं. ३ मै बन्ने भयो अन्तर्राष्ट्रिय क्रिकेट मैदान, ठाउँ समेत तोकियो

१७ चैत्र २०७४, शनिबार १७:२५

चैत १७, भक्तपुर (रासस) | प्रदेश नं. ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । 

मैदान निर्माणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक टोलीसहित आज भक्तपुरको जग्गाको अवलोकन निरीक्षण गर्नुभएको छ । 

मुख्यमन्त्री पौडेलले मैदान निर्माणका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित पहेनडोलको १२४ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गाको निरीक्षण गर्नुभएको हो । 

धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा ३ नं. प्रदेश सरकारले निर्माण गर्न लागेको क्रिकेट मैदानका लागि आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा निरीक्षण गरेको हो । जग्गाको निरीक्षणपछि क्रिकेट मैदानका लागि उक्त जग्गा उपयुक्त रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । 


उहाँले भन्नुभयो–“अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि हामीले जग्गा हेर्यौं, जग्गा उपयुक्त लाग्यो अब आजसँगै आएको प्राविधिक टोलीले दिने प्रतिवेदनका आधारमा मैदान निर्माण कार्य शुरु गरिन्छ ।” 

क्रिकेट मैदानका लागि आवश्यक जग्गा निरीक्षण पश्चात धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले नेपालको पहिचानको रुपमा स्थापित हुँदै गएको क्रिकेटको गरिमा, गौरव र संरचनालाई विकास एवं विस्तार गर्न मैदान निर्माण गर्न लागेको बताउनुभयो । 


उहाँले सरकार र जनताकै पहलमा मैदान निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले मैदान निर्माणको प्रारम्भिक चरणको कार्य नगरपालिकाका गर्ने बताउनुभयो । 

प्रदेश नं. ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट मैदान अहिलेको आवश्यकता भएको बताउँदै खेलाडी उत्पादनमा यसले ठूलै टेवा पुर्याउने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता