By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    1 hour ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    7 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ४८ बर्ष अघि यसरी झाँगीएको थियो – नेवारको छोरा र बाउनकी छोरीको प्रेम
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ४८ बर्ष अघि यसरी झाँगीएको थियो – नेवारको छोरा र बाउनकी छोरीको प्रेम
काठमाडौँ - KTMबिशेष खबर

४८ बर्ष अघि यसरी झाँगीएको थियो – नेवारको छोरा र बाउनकी छोरीको प्रेम

साझासवाल
Last updated: April 3, 2018 3:59 am
साझासवाल
5 Min Read
Share

चैत २०, काठमाडौँ | समय चक्रको नियमनै यो छ कि जन्मिएपछी एक दिन मर्नु पर्छ | लामोछोटो आयु यो संसारमा सबैले विदा लिनै पर्छ | यो कुरा लेख्दै गर्दा एउटा प्रतिष्ठित पारिवारिक जोडी मदन कृष्ण श्रेष्ठ र यशोदा सुवेदीबीच यात्राको अन्त्य भएको छ | मदन कृष्ण श्रेष्ठलाई एक्लो बनाउँदै यशोदा कहिलै नफर्कने गरेर विदा भएकी छन् | 

सबै नेपालीका परिचित हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । श्रेष्ठकी पत्नी यशोदा सुबेदी श्रेष्ठको गए राति साढे १० बजे निधन भएको हो । क्यान्सरबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो । ६७ वर्षीय सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन्।

यस्तो थियो मदन-यशोदा प्रेम र विवाहको प्रशंग:  

मदन र यशोदाको प्रेम बुझ्न २०२६ सालदेखिको अतित पछ्याउनुपर्ने हुन्छ । त्यतिबेला महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्थे मदनकृष्ण र रत्नराज्यमा आइए गरिरहेकी थिइन् यशोदा । संचयकोषमा काम गर्थे मदन । त्यहि क्रममा यशोदा पनि संचयकोषमै काम गर्न आइन् । संयोग भनौं उनीहरु एकै कार्यालयको एकै कोठामा काम गर्ने भएपछि पनि एकअर्कामा बढी घुलमिल भए । एक वर्षको अन्तरमा उनीहरूबीच धेरै कुरा मिल्यो । मदन कार्यालयमा ठट्टा गरिरहन्थे जसको प्रभाव यशोदालाई पर्ने गरेको थियो । यही समयमा मदन र यशोदाबीच मायाँ प्रेम भित्रभित्रै झाँगीसकेको थियो । 

मदनकृष्णलाई जीवनमा सबैभन्दा बढी मन परेकी पहिली युवती थिइन् यशोदा । यशोदासँग हुँदा कसरी हुन्छ उनलाई खुसी बनाउने उपाय खोज्थे मदन । कार्यालयमा सँगै काम गर्ने भएपछी कहिले काही एक जनाको अनुपस्थिति हुन्थ्यो भने अर्कोलाई छटपटि हुन्थ्यो । दिन काट्न अफ्ट्यारो हुन्थ्यो । त्यहि क्रममा अब उनीहरुको प्रेम कार्यालयमा मात्र सिमित नभई समय अनुकुल पारेर बाहिर पनि हुन थाल्यो । जति बेलासम्म यी दुई जोडी एकअर्कामा बसिसकेका थिए । 

चार बर्षको प्रेम पछी उनीहरुबीच विवाह भयो । २०३० सालमा उनीहरुको विवाहको प्रसंग पनि रमाइलो छ । अन्तरजातीय विवाह अहिले त अफ्ट्यारो छ भने त्यतिबेला के थियो होला ? मदन नेवार परिवारका यशोदा बाउन परिवारकि, सहज रुपमा विवाह हुने त कुरै भएन । एकअर्काको परिवार नमान्ने निश्चित भएकाले उनीहरुले सुटुक्क विवाह गर्ने निधो गरे । 

यशोदाको त कुरै छोडौं मदनको परिवार समेत विवाहका लागि राजी थिएन । मदनकृष्णका पिता रामकृष्ण जीतपुरफेदी गाउँमा प्रधानपञ्च थिए । आफै मुद्धा मिलाउने बुबाले अन्तरजातीय विवाहको लागि कुनै पनि हालतमा स्वीकृति दिन्थेनन् । त्यसैले मदनले कसैलाई थाहा पनि नदिई विवाहको तयारी गरे ।  विवाहको सामान किन्न मदन असनमा गए । त्यहीबेला उनको फुपुको छोरा भेट भयो । उनले सोधे ‘केको लागि किनमेल ? मदनले सोझो जवाफ दिएनन् – ‘भोलि अफिसबाट पिकनिकका लागि गोदावरी जान लागेको त्यसैले सामान किनमेल गर्न आएको’ भन्ने जवाफ दिए । तर फुपुको छोरालाई उनले सुटुक्क विवाह गर्न लागेको कुरा थाहा भईसकेको थियो । फुपुको छोराले भने – ‘पिकनिक होइन । विवाहका लागि सामान किन्दै छौ । घरमा बुबालाई पनि यो कुरा थाहा भइसक्यो ।’ फुपुको कुराले मदन अचम्मित बने । सुटुक्क गर्न लागेको विवाह बारे घरमा थाहा पाएको भने पछी उनि कालोनिलो भए । जब घरमा आफूले विवाह गर्न लागेको कुरा थाहा भएको बारे फुपुको छोरा मार्फत सुने तब मदनलाई घर जाने आँट आएन । घर जान नपाए पछी उनले एउटा साथीको सर्ट र अर्को साथीको टाइ लगाएर सूर्यविनायकमा गएर विवाह गरेँ ।

विवाह पछि उनीहरु न्युरोडमा डेरा गरि बस्न थाल्यो । अन्तरजातीय विवाह गरेकाले त्यतिबेलाको समाजले उनीहरुलाई अपराधी झैं मान्थे । केहि हप्ता उनीहरुको जोडी घर गएन । तर केहि हप्ता पछी मदनको बुबाले घरमा बोलाए पछी मदन पट्टिको घर परिवार मिल्यो तर यशोदा पट्टिको घर परिवार अझै उनीहरुको सम्वन्धसँग रुष्ट थियो । 

सामाजिक रुपमा यशोदाको बुबा घृणित थिए । कारण थियो छोरीको अन्तरजातीय विवाह ।  विवाह गरेको ६ महिना पछि यशोदाको बुबाको मृत्यु भयो । अन्तिम क्षेणमा बुबा भेट्न भन्दै गएकी उनले आफ्नो बुबाको जिउँदो अनुहार हेर्न पाइनन् । सबै मान्छेले अन्तरजातीय विवाहकै कारण वुवाको मृत्यु भएको भन्दै उनैलाई दोष दिन्थे । 

बुबाको मृत्यु भएको केहि समयपछी आमाले यशोदालाई माइतीमा बोलाइन् । तर दाजु भाउजुको घरमा भने यशोदाले विवाह गरेको झन्डै डेढ दशक पछी मात्र पाइला टेकेकी थिइन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन, ४४ औं बसन्तसम्मको यात्रा रोकियो
Next Article गोकुलेश्वर अस्पतालमा डाक्टर नहुँदा शव परीक्षण गर्न समस्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

मदनभण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमति

57 years ago
काठमाडौँ - KTMसमाज

भित्रुव अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

कतारमा रहेका नेपालीहरुलाई खुशीको खबर

57 years ago
काठमाडौँ - KTMटिप्स

नराम्रो सपना देख्नु भयो ? यसो गर्नुस्

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?