३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन स्थगित

२१ चैत्र २०७४, बुधबार १०:०९

चैत २१ काठमाडौँ | नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँको जिल्ला अधिवेशन स्थगित भएको छ । 

यही चैत १४ गते देशभरका अधिवेशन भइरहँदा काठमाडौँको अधिवेशन चैत २१ गते गर्ने भनिए पनि प्रतिनिधि विवादका कारण स्थगित भएको हो । 

विभिन्न श्रमिक क्षेत्रका २४ संस्थाका दुई हजार ४०० महाधिवेशन प्रतिनिधि आबद्ध संस्थामा होटल क्षेत्रको प्रतिनिधि विवादका कारण स्थगित गरिएको नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँका अध्यक्ष गणेश भट्टराईले जानकारी दिनुभयो । 

नेपाल ट्रेड युनियन केन्द्रको निर्णयअनुसार अधिवेशन स्थगित गरिएको भट्टराईले बताउनुभयो । नेपाल ट्रेड युनियन काँग्रेसको काठमाडौँमा झण्डै ७० हजार श्रमिक आबद्ध छन् । 

अधिवेशन आगामी चैत २६ गते सोमबारलाई तोकिएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हुँदा नयाँ नेतृत्वका लागि देवीप्रसाद भुसाल र भगवती फुयाँल अध्यक्षको प्रतिस्पर्धामा हुनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड