पढ्न करिब 1 मिनेट लाग्छ

चैत २१, सिरहा । सिरहामा बस दुर्घटना हुँदा आधा दर्जनबढी घाइते भएका छन् ।

बुधवार बिहान करिब ९:४५ बजे सिरहाको ब्रहमपुरी-धनगढी सडकखन्ड अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा पर्ने रामनगरमा ना. ३ ख. ६१५६ नम्बरको बस अनियन्त्रित भई धान खेतमा पल्टीदा र्दुघटना भएको हो ।

बस दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते मध्ये एकको हात भाँचिएको छ भने बाँकी ६ जना सामान्य घाइते छन् । घाइतेहरुको लहानमा उपचार भइरहेको ईप्रका लक्ष्मीपुर पतारीले जनाएको छ ।