२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको विदुर नगरपालिकाले एकैदिनमा सत्र कानून जारी गर्यो

२२ चैत्र २०७४, बिहीबार ०३:१९

चैत २२, नुवाकोट (रासस) | विदुर नगर कार्यपालिकाले बुधबार एकैदिन १७ वटा नयाँ कानून निर्माण गरी जारी गरेको छ । 

विदुर नगरपालिकाको दोस्रो नगरसभामार्फत ऐन, नियमावली, कार्यविधि र आचारसंहिता समावेश भएको १७ नयाँ कानून पारित गर्दै कार्यान्वयनमा ल्याएको प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । 

पण्डितका अनुसार नगरपालिकाको वडा नं ११ का वडाध्यक्ष तोयानाथ तिमिल्सिनाको संयोजकत्वमा गठित विधेयक समितिले नगरसभामा पेश गरेको कानूनलाई दफाबार छलफलमार्फत बहुमतले पारित गरेको हो । 

“नगरकार्यपालिका सञ्चालनका लागि ४२ वटा कानून आवश्यक पर्छ ।” उहाँले भन्नुभयो, “केन्द्रले पठाएका नमूना कानूनको आधारमा विधेयक समितिमार्फत निर्माण गरी नगरकार्यपालिका र नगरसभामार्फत बाँकीलाई पनि क्रमशः निर्माणको तयारीमा जुटेका छौँ ।” 

नगरपालिकाले यसअघि स्थानीय प्राकृतिक स्रोतको खानी सञ्चालनका लागि राजपत्र जारी गरी भूकम्पपीडितलाई आवास निर्माण गर्न निर्माण सामग्री सहुलियत शुल्कमा उपलब्ध गराएको थियो । जिल्लामा रहेका १२ स्थानीय तहमध्ये अन्यले कानून निर्माण गर्न बाँकी नै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली