2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्टे प्रदर्शनको ९ दिन अगाडी मिडियामा दयाहांग राई(भिडियोसहित)

चैत्र २२ काठमाण्डौ | प्रदर्शनको लागि तमतयार भएको सिनेमा “नेप्टे” को प्रमुख कलाकार दयाहांग राई अहिले निकै व्यस्त छन् । सिनेमाको प्रचार प्रसारको लागि दौडधुप गर्न नपाएका राई अहिले आफ्नै निर्देशनमा रहने नाटकको  दैनिक रिहलसलमा रहेका र छन् यस कारणले पनि म व्यस्त भएको उनले बताए ।  

नेप्टे प्रदर्शनको ९ दिन पहिलो पटक उनि फिल्म नेप्टेको लागी मिडियामा सार्वजनिक भएका हुन् । उनले पत्रकारहरुको दोहोरो प्रश्नको जबाफ पनि दिएका थिए । राई यस फिल्म मार्फत नेपाली सिनमा नगरीमा खलनायकको रुपमा देखा पर्ने छन् उनले भने “म जिन्दगीको हरेक पाटो औलाऊंन सक्छु र यो पनि मेरो कोसीस हो”। 

भिडियोमा पोस्टरमा भएको “हरियो डलर डलरले बिगार्यो कलर अब पैसा बर्शिने भयो बररर” बोलको सम्बाद निकै हिट छ र ट्रेलरमा भएको “मायामा दाई न साई ‘ बोलको सम्बाद पनि निकै हिट छ । फिल्मलाई  निर्देशक देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।  किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।  फिल्ममा सन्तोष राज, बाबु बोगटी ,ओम सुनारको संगीत रहेको छ  ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 

अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् । ट्रेलरमा उनले बोलेका केही संवादले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई