२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब यसरी बित्नेछ सलमान खानको जेल दैनिकी (२४ घन्टे रुटिन सहित)

२२ चैत्र २०७४, बिहीबार १९:०२

चैत २३, काठमाडौँ (सास) | भारतको जोधपुर कोर्टले सलमान खानलाई कृष्णसार (कालो हरिण) शिकार मुद्दामा दोषी ठहर गर्दै पाँच बर्ष कैद सजाय सुनाए लगत्तै सलमान खान जेल परेका छन् । उनलाई वाइल्ड लाइफ प्रोटेक्शन एक्टले ५ बर्षको सजाय तोकेको हो । १० हजार रुपयाँको जरिवाना पनि लगाएको छ । 

दैनिक लाखौँ कमाउने सलमानको लागि १० हजार केहि होइन तर उनलाई १० हजार जरिवाना सहित तोकिएको ५ बर्षको सजाय उनको करियर र आर्थिक आम्दानीको हिसावमा अरवौंको हो । उनले ५ बर्षको जेल जीवन बिताउनु पर्यो भने उनको फिल्मी करियर धरापमा पर्ने निश्चित छ । ५२ बर्ष उमेर पुगिसकेका सलमान ५ बर्षपछि जेलबाट छुट्दा कस्तो बन्लान ? धेरैको चासोको बिषयमा सबैभन्दा महत्वपूर्ण चासो के पनि छ भने दैनिक स्वतन्त्र जीवन बिताउँदा हुने उनको जीवनशैली जेलभित्र निकै फेरिनेछ । जेल भित्र सलमानले दैनिकी कसरी मिताउलान सबैलाई चासोको विषय हो त्यसैले यहाँ त्यसको चर्चा हुँदैछ । 

सलमानलाई बिहिबार दिउसो जोधपुर सेन्ट्रल जेलगिएको छ । जुन जेल सुरक्षाको दृष्टिकोणले सबैभन्दा सुरक्षित मध्ये एक हो । उनि उक्त जेलमा कैदी नम्बर १०६ भएका छन् । जेल जीवनमा सलमानको पुरै दैनिकी बदलिनेछ । उनको दैनिक रुटीन जेलको नियम अनुसार परिवर्तन हुनेछ । 

 

माथिको तश्विरमा: जोधपुर स्थित जेलमा पस्दै सलमान खान | 

जेल छिरेपछी अब सलमानको बिहानदेखि बेलुकासम्मको यस्तो दैनिकी हुनेछ: 

बिहानको समय 

- ५:३० बजे सुतेर उठ्नुपर्ने 

- ७:०० बजे नुहाएर तयार रहने 

*नियामानुसार हरेक कैदीले दैनिक १३५ लिटर पानी प्रयोग गर्न पाउने नियम छ | 

- ७ बजेदेखि ८ बजेसम्म नास्ता गर्ने (२ रोटी, तरकारी, चिया) 

- ८ बजेदेखि ११:३० बजेसम्म – जेलका अरुसँग मिलेर जेल भित्र अरुले अर्हाएको काम गर्ने 

* नियामानुसार १ महिनामा बढीमा ५ जनाले मात्र कैदी भेट्न सक्छन त्यो पनि  २०/२० मिनेट मात्र | 

- ११:३० बजे पछी लन्च (तरकारी-रोटी, दाल भात) 

दिउँसोको समय

- दिउसो १२ बजेदेखि साँझ ५ बजेसम्म - जेलका अरुसँग मिलेर जेल भित्र अरुले अर्हाएको काम गर्ने 

* जेलको नियामानुसार जेलमा काम गरे वापत स्किल्ड (अनुभवी, दक्ष), सेमी स्किल्ल्ड (साधारण दक्ष) र अन स्किल्ड (दक्षतानै नभएको) कामदारहरुले ४० देखि ५५ भारतीय रुपयाँ प्राप्त गर्छन | 

साँझ/बेलुकाको समय 

- ५:३० बजे – काम गरेको ठाउँबाट आफ्नो स्थानमा आउने 

- साँझ ६:००बजे सम्म डिनर खाने – तरकारी र रोटि 

* आइतबारको दिन कैदीलाई अन्य दिनभन्दा मिठो खानकुरा दिइन्छ | 

- साँझ ६ बजेदेखि ७ बजेसम्म : केहिबेर साझा हलमा गएर टिभी हेर्ने वा किताव पढ्न पाइन्छ |

- बेलुका ७ वा ८ बजेपछि विहानसम्म: सुत्ने समय 

* हप्ताको एक दिन सुत्नु अघि र सुतेर उठेपछि तौल नाप्ने गरिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ