२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रक्सीले मातेका प्रहरी निरीक्षकले कुटे ट्रक चालक, स्थानीयद्वारा कारबाहीको माग

२३ चैत्र २०७४, शुक्रबार ०१:३४

चैत २२, सर्लाही । मदिरामा लट्ठीएका प्रहरी निरीक्षक सहितको टोलिले बिहिबार सर्लाहीको नवलपुर बजारमा एकजना ट्रक चालकलाई निर्घात कुटपिट गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय सर्लाही मलङ्गवाको मुध्दा फाँटमा कार्यरत प्रहरी निरिक्षक कुन्दन देव सहितको टोलिले ना ७ ख ८७४ नम्बरको ट्रकका चालक नीलहरी पौडेललाई कुटपिट गरेका हुन । कुटपिटबाट घाईते भएका पौडेलको शरिरको बिभिन्न भागमा चोट लागेको छ भने नीलडाम पनि जताततै रहेको छ । अपराधिक घटनामा पक्राउ परेका ब्यक्तिको अनुसन्धान गर्ने, शान्ति सुरक्षा कायम गर्ने जिम्मेबारी बोकेका प्रहरी निरिक्षक कुन्दन देबबाट एकजना ट्रक चालकलाई बीच बजारमा सयौ मानिसको सामुन्ने कुटपिट गरिएको हो । कानुनी राज्य, बिधिको शासन र मानबअधिकारको ठाडो उल्लघन गर्दै प्रहरी निरिक्षक देबले चालक कुटेका हुन । 


ट्रक चालक कुटिएको बिरोधमा सर्लाहीको नवलपुरमा दुई घण्टा चक्काजाम भएको थियो । प्रहरीले बल प्रयोग गरेर चक्काजाम खुलाएपनि मजदुर र स्थानीयले दोषि प्रहरी निरिक्षकलाई कारबाहीको माग राखेका छन् । प्रहरी उपरिक्षक मसाउद आलम खाले उपचारको लागि चालक पौडेललाई लालबन्दिको अस्पतलामा पुर्याएका थिए । उनी उपचार पछि घर फर्किएको प्रहरी स्रोतले जनाएको छ । 


चालक पौडेललाई प्रहरी निरीक्षक देवले साचोमा प्रयोग गरेको डोरीले हिर्काएको प्रहरी स्रोतले जनायो । भन्सार राजश्व नतिरिकनै भारतीय नम्बर प्लेटको जीप चढेका प्रहरी निरिक्षक देवले मदिरा पिएर मातिएको अबस्थामा रहेको स्थानीयको दाबी रहेको छ । चालक पौडेललाई कुटपिट गरेपछि आफु चढेको जीप समेत प्रहरी निरिक्षक देवले लुकाउन लगाएको स्थानीयले बताएका छन् । सर्लाहीको नवलपुर बजारमा डयुटीमा रहेका प्रहरी टोलि सहित प्रहरी निरिक्षक देवले ट्रक चालक पौडेललाई निर्घात कुटपिट गरिरहँदा स्थानीय बासिन्दा अचम्मित भएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो