२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

ऐन कानून निर्माण र परिमार्जन गर्न आवश्यक छ: उपसभामुख तुम्बाहाम्फे

२०७४, २३ चैत्र शुक्रबार ११:१२

चैत २३ मोरङ | उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

मोरङको उर्लाबारी नगरपालिकास्थित ध्रुवतारा महिला फेडेरेशनले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उपसभामुख तुम्बाहाम्फेले संविधान जारी भइसकेपछि नेपालमा तीनै तहको निर्वाचन सम्पन्न भएको र तीनै तहका सरकारलाई जोड्नका लागि केही ऐन कानून निर्माण गर्न आवश्यक रहेको धारणा राख्नुभयो । 

महिलाको आन्दोलनकै कारण राज्यको प्रमुख तहमा महिला पुग्न सफल भएको बताउनु हुँदै उहाँले अझै पनि धेरै आन्दोलन र अभियान चलाउन बाँकी रहेको छ भन्नुभयो । 

नेपालमा महिला आन्दोलनको प्रकृति फरक रहेको बताउँदै उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो, “आन्दोलन भनेको महिलाको अवस्था जस्तो छ त्यसलाई परिवर्तन गरेर अगाडि बढ्न उत्प्रेरित गर्ने एउटा अभियान हो ।” 

उहाँले मोरङ जिल्लामा महिला हिंसाको चपेटामा परेका महिलाको पुनःस्थापनाका लागि एउटा सुरक्षित आवास गृह निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । 

कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष कल्पना निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ